सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड, यसरी हेर्नुस नतिजा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

सिंगटी हाइड्रो इनर्जीको आइपीओ बाँडफाँड, यसरी हेर्नुस नतिजा



काठमाडाै । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको आइपीओ शुक्रबार बाँडफाँड गरिएको छ।

धितोपत्र बिक्री प्रबन्धक मेगा क्यापिटल मार्केट्स लिमिटेडको काठमाडाै त्रिपुरेश्वरस्थित कार्यालयमा बिहान ११ बजे सिंगटी हाइड्रोको आईपीओ बाँडफाँड गरिएको हो।

सिंगटी हाइड्रोले गत चैत ६ गतेदेखि चैत १० गतेसम्म आईपीओ बिक्री गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल २९ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो।

जसमा २ प्रतिशत अर्थात ५८ हजार कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भन ५ प्रतिशतले हुन आउने १ लाख ४५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिएको छ। बाँकी २६ लाख ९७ हजार कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।

यो आईपीओमा कुल १५ लाख ६५ हजार ५३० आवेदकबाट कुल २ करोड २८ लाख ४९ हजार ६७० कित्ता सेयर माग भएको थियो।

क्यापिटलका अनुसार कुल आवेदकमध्ये १५ लाख ५९ हजार ८०२ आवेदकबाट माग भएको २ करोड २७ लाख ६८ हजार २६० कित्ता सेयरमात्र सदर भएको छ। बाँकी ५ हजार ७२८ आवेदकबाट माग भएको ८१ हजार ४१० कित्ता सेयर बदर भएको छ।

यो हिसाबले २ लाख ६९ हजार ७०० आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन्। कुल सदर आवेदकमध्ये १२ लाख ९० हजार १०२ को हात खाली भएको छ।

यो आईपीओको अन्तिम नतिजा केही घन्टाभित्रै सार्वजनिक हुने क्यापिटलले जनाएको छ। आईपीओको रिजल्ट सीडीएससीको https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिनेछ।

प्रकाशित : २७ चैत्र २०७७, शुक्रबार ११:३८