प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने षड्यन्त्र रोकौँ : अनलाइन पत्रकार संघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

प्रेस स्वतन्त्रतामाथि प्रहार गर्ने षड्यन्त्र रोकौँ : अनलाइन पत्रकार संघ



काठमाडौँ । अनलाइन पत्रकार संघले विवादित सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा पेश गर्ने प्रयासप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले शुक्रबार विज्ञप्ति जारी गर्दै संसदमा रहेका दलहरुबीच तीव्र ध्रुविकरण र मतभेद भएको अवस्थामा विधेयक पेश गर्ने प्रयासप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

अनेक वहानामा प्रेस तथा वाक स्वतन्त्रतामाथि प्रहार गर्ने सरकारको षड्यन्त्र असफल बनाउन संघले सरोकारवाला निकाय र प्रतिनिधिसभाका सांसदहरुलाई आह्वान गरेको छ ।

स‌ंघका सचिव डिल्लीप्रसाद सापकोटाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘निर्माणको चरणमै तीव्र मतभेद रहेको अभिव्यक्ति तथा प्रेस स्वतन्त्रता विरोधी प्रावधानहरु रहेको विधेयकमा रहेका वाक तथा प्रेस स्तन्त्रता विरोधी प्रावधान शंसोधन नभई यो विधेयक स्वीकार गर्न नसकिने जानकारी गराउन चाहन्छौँ ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित : २७ चैत्र २०७७, शुक्रबार २१:५९