सहकारी बैंकको बाल क्लब गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सहकारी बैंकको बाल क्लब गठन



दोलखा । राष्ट्रिय सहकारी बैंक, दोलखा शाखाले दोलखाको भिम माद्यामिक विद्यालयमा सहकारी बाल क्लब गठन गरिएको छ ।

विद्यालयमा अध्ययनरत विद्यार्थीहरु बीच शुक्रबार वित्तीय साक्षरता सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरी बाल क्लब गठन गरेको हो ।

शाखाका प्रमुख हेमन्त चौलागाईंले वित्तिय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रमको सहजिकरण तथा बाल क्लब गठन गर्नुको उद्देश्यबारे जानकारी गराएका थिए ।

वित्तीय साक्षरता अभिमुखीकरणसँगै विद्यार्थीहरुको भेलाले बाल क्लब गठन गरेको हो ।

क्लबको अध्यक्षमा गिन्दु शेर्पा रहेका छन् । कार्यक्रममा जिल्ला सहकारी संघ दोलखाका महासचिव कृष्णप्रसाद दहाल, लेखा संयोजक रत्न बहादुर श्रेष्ठ, दोलखा जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष जगद प्रसाद सुवेदीले शुभकामना मन्तब्य राखेका थिए ।

प्रकाशित : २९ चैत्र २०७७, आईतवार १५:२२