श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको बोनस शेयरधनीको खातामा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सको बोनस शेयरधनीको खातामा



काठमाडौं । श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडको यस वर्षको बोनस शेयर सम्बन्धीत शेयरधनीको हितग्राही खातामा जम्मा भएको छ । कम्पनीले गत पुस २९ गतेको २६औं वार्षिक साधारण सभाबाट पारित गरेको ७ दशमलव ३७ प्रतिशत बोनस शेयर चैत २४ गतेदेखि सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा गर्न सुरु गरेको हो । उक्त सभाले बोनस सहित कर प्रयोजन समेत ३ दशमलव १६ प्रतिशत नगद लाभांश समेत पारित गरेको थियो ।

कम्पनीको यस वर्षको ७ दशमलव ३७ प्रतिशत बोनस पश्चात चुक्तापूँजी रू. ८९ करोड १ लाख ३४ हजार पुगेको छ । कम्पनीले रू. ८२ करोड ९० लाख ३५ हजारको आधारमा लाभांश वितरण गरेको हो । लाभांश र साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस १५ गतेदेखि २९ गतेसम्म बुक क्लोज गरेकाले आधारमा पुस १४ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको लाभांश पाउँनेछ ।

प्रकाशित : २९ चैत्र २०७७, आईतवार १५:२६