क्रिएशन र कोका–कोलाले वेस्ट वोर्कर्सहरुलाई सुरक्षा सुविधा कार्यक्रम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

क्रिएशन र कोका–कोलाले वेस्ट वोर्कर्सहरुलाई सुरक्षा सुविधा कार्यक्रम



काठमाडौं । क्रिएशन, कोका–कोला फाउन्डेशन र बोतलर्स नेपाल (तराई) लिमिटेडको संयुक्त सहयोगमाविश्व स्वास्थ्य दिवस २०२१ को अवसरमा सफाईकर्मीको लागि व्यवसायिक सुरक्षा प्रशिक्षण र स्वास्थ्य शिविरको आयोजना गरेको छ ।

राम्रो र स्वस्थविश्वको उत्सवको विषयवस्तुलाई सुनिश्चित गर्दै सो कार्यक्रम सफाईकर्मीका लागिकाम गर्ने कमजोर अवस्थालाई ध्यानमा राखेर आयोजना गरिएको थियो ।

कार्यव्रmममाकामको बखत र काम सक्किए पछाडि सुरक्षाउपायहरु, विभिन्न सुरक्षागियरको प्रयोग, साइटमा व्यवसायिक दुर्घटनाहरुको रोकथाम र सुरक्षितभएर कामगर्ने अवस्थाको लागि आगो निभाउने उपकरणको प्रयोग गर्ने तरिका सिकाएको छ ।

अन्य सुरक्षा उपकरणहरुको प्रयोग सम्बन्धि एक सत्र समावेश थियो । सुरक्षागियर सहित सुरक्षात्मकजुत्ता, टोपी, ज्याकेट, मास्क र ग्लोभ्सहरु पनि सफाईकर्मीलाई हस्तान्तरण गरियो। साइटहरुमा आगो दुर्घटना र अन्य जोखिमहरुको जोखिमलाई ध्यानमा राख्दै, प्रत्येक साइटमा आगो निभाउने उपकरणहरु र अन्य सुरक्षा सुविधाहरु पनि सुसज्जित थिए ।

डा. अनुजराज कँडेलको नेतृत्वमा रहेको स्वास्थ्यशिविरमा सफाईकर्मीको स्वास्थ्य समस्या र मुद्दाहरुको बारेमा मेडिकल चेकअप र परामर्श सामिल थियो । कार्यव्रmमको अन्य प्रमुख आकर्षणहरु मध्ये एक बेलिङ्ग साइटहरुका कर्मचारीका लागि श्रम सम्झौताको हस्तान्तरण गरिएको थियो ।

यो सम्झौता बेलरहरुलाई कामगर्ने बेला अवस्थामा औपचारिक रुपमा उनीहरुलाई मद्दत गर्न र कामदारहरुको फाइदाको लागि सहयोग पु¥याउन ल्याइएको जनाएको छ । यस पहलको बारेमा बोल्दै क्रियशनका संस्थापक र प्रेसिडेन्ट आनन्द मिश्राले भने , “वेस्ट वोर्कर्सको असुरक्षित काम गर्ने स्थितिले उनीहरुको आजीविकाल गायत हाम्रो वातावरण र समाजलाई जोखिममा पार्दछ । हामी उनीहरुलाई सुरक्षा प्रशिक्षण र स्वास्थ्यशिविरहरुको माध्यमबाट सहयोग पुराउदै आएका छौ र कोका–कोला फाउन्डेशनले गर्दै आएको सहयोगमा उनीहरुको लागि अझ राम्रो र स्वस्थ जीवनका लागि हाम्रो प्रयास जारी राख्नेछौ ।”

बोटलर्स नेपाल लिमिटेडका प्रबन्ध निर्देशक प्रदिप पाण्डेले भने , “फोहोर र रिसाइ कलिंग उद्योगमा काम गर्नेहरुले धेरै व्यवसायिक स्वास्थ्य जोखिमहरुको सामना गर्दछन् । हामी यी अनसंग हिरोहरुको वीर प्रयासहरुलाई समर्थन गर्न विनम्र छौँ जसले आफ्नो स्वास्थ्य जोखिममा लिन्छन् र हाम्रो ग्रहलाई सफा बनाउन हरेक दिन खटिन्छन्।”

उक्त कार्यव्रmमको पहुच संतुन्गल, टेकु, बालकुमारी र जोरपाटीका ६ वटा भिन्न बेलिंग साइटहरुको ६७ सफाईकर्मीहरु सम्मपुगेको थियो । एक जना सफाईकर्मीले भने, “हामी हाम्रो काममा आउने जोखिमहरुलाई परिवर्तन गर्न सक्दैनौँ तर बारम्बार सुरक्षातालिम, मेडिकल चेकअपका साथ हामी यस्ता जोखिमहरुलाई रोक्न सक्षमछौँ र यसको लागि हामी आभारी छौँ ।”

प्रकाशित : २९ चैत्र २०७७, आईतवार १७:२५