सुनचाँदी रत्न तथा आभूषण महासंघमा अध्यक्षमा रमेश महर्जन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सुनचाँदी रत्न तथा आभूषण महासंघमा अध्यक्षमा रमेश महर्जन



काठमाडौं । नेपाल सुनचाँदी, रत्न तथा आभूषण महासंघको अध्यक्षमा रमेश महर्जन निर्वाचित भएका छन् ।

महासंघको सातौँ वार्षिक साधारणसभासँगै भएको निर्वाचनमा प्रथम उपाध्यक्ष रामप्रसाद विश्वकर्मा, द्वितीय उपाध्यक्ष द्वारिका विश्वकर्मा, तृतीय उपाध्यक्ष अमरनाथ गुप्ता, महासचिव किसान सुनार, सचिव निरबहादुर धमला र टंक बहादुर बराईली, कोषाध्यक्ष केशरबहादुर विक र सह कोषाध्यक्षमा गणेशप्रसाद विश्वकर्मा निर्वाचित भएका छन् ।

यसैगरी कार्यसमिति सदस्यमा गंगाराम रसाईली, विष्णुभक्त बराईली, दीपक धनुके, कमलप्रसाद लामिछाने, जगतबहादुर सुनार, दिपककुमार सुनार, प्रेमबहादुर विक, देवीलाल विक, श्यामकुमार विश्वकर्मा, खेमराज विश्वकर्मा (तिरुवा), विद्यासागर ताम्राकार, सोमबहादुर विक, आनन्द कुमार साह, बलराम साह, पृथ्वी विश्वकर्मा, बुद्विबहादुर विक, पर्वलाल शर्मा कोइराला, तिलक वि.क., त्रिलोचन विश्वकर्मा, निर्वाचित भएका छन् ।

महिला आरक्षित सिटमा तारा विश्वकर्मा, भद्रशीला रसाईली, सम्झना शिवाकोटी निर्वाचित भएका छन् ।

प्रकाशित : ३० चैत्र २०७७, सोमबार १६:२२