सहकारी बैंकले गर्यो संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड



काठमाडाै । राष्ट्रिय सहकारी बैंकले सहकारी ऐन २०७४ तथा नियमावली २०७५ को प्रावधान अनुरूप आर्थिक वर्ष २०७६/०७७ को संरक्षित पूँजी फिर्ता कोषबाट सदस्यहरुले पाउने रकमको बाँडफाँड कार्य सम्पन्न गरेको छ ।

बैंकले संरक्षित पूँजी फिर्ता कोषबाट प्राप्त हुने रकम यस सहकारी बैंकमा नियमित कारोबार गर्ने संघ/संस्थाको खातामा जम्मा गर्ने व्यवस्था मिलाएको छ ।

सदस्य संघ÷सस्थाले जम्मा गरेको बचत रकमको लागी ४० प्रतिशत र कर्जामा तिरेको ब्याजको लागि ६० प्रतिशत भारको आधारमा संरक्षित पूँजी फिर्ता कोषको रकम बाँडफाँड गरेको हो ।

बचत र कर्जा कारोबार गर्ने १२ हजार ४६ सम्पूर्ण संघ/ संस्थाहरु आ.व. २०७६÷०७७ को संरक्षित पूँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् ।

बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेवापत सबैभन्दा बढी रकम फिर्ता पाउने सदस्यले बचत तर्फ रु ४३,०४,०००/– सम्म र कर्जा तर्फ रु. १२,१८,०००/–– सम्म प्राप्त गर्न सफल भएका छन् । रु.५०,०००/– भन्दा बढी संरक्षित पूँजी फिर्ता कोष रकम प्राप्त गर्ने सहकारी संघ / संस्थाहरु ५४९ रहेका छन् ।

यस अघि बैंकले आफ्ना सदस्य सहकारी संघ÷संस्थाहरुलाई आ.व. २०७६÷०७७ को लागि बैंकको १७ औं साधारण सभाबाट पारित गरि १५ प्रतिशत लाभांश वितरण गरिसकेको छ ।

बैंकले नियमित बचत तथा कर्जाको कारोबार गर्ने र संरक्षित पूँजी फिर्ता कोषबाट रकम पाउने सम्पूर्ण सहकारी संघ÷संस्थाहरुलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरुमा समेत सहकारी बैंकमा कारोबार गरी संरक्षित पूँजी फिर्ता कोषबाट लाभ लिन अनुरोध समेत गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
सहकारी नेतासंग अर्थमन्त्रीले राखे यस्तो माग

काठमाडाै । अर्थमन्त्री जनार्दन शर्माले सहकारीको पुँजी उत्पादनशिल क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता जनाउन

राष्ट्रिय सहकारी बैंक अर्ब पति क्लबमा

काठमाडाैं । राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्ष २०७७/०७८ को चौथो त्रैमासमा १

अर्गानिक नेपाल सहकारीका सदस्यले ग्लोबल आइएमई बैंकबाट सहुलियतपूर्ण कर्जा पाउने

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र अर्गानिक नेपाल सहकारी संस्था लिमिटेड बीच

संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न अर्थमन्त्रीलाई बैंक अध्यक्षहरुको दबाब

काठमाडांै । बैंक वित्तीय सँस्थाहरुको अध्यक्षहरुको छाता संगठन ‘बैंक तथा वित्तीय संस्था परिसंघ

प्रकाशित मिति २०७८ असार १ देखि