नेपालमा लगानीका सम्भावना अध्ययन गर्दै चिनियाँ टोली « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेपालमा लगानीका सम्भावना अध्ययन गर्दै चिनियाँ टोली



काठमाडौं । पूर्वी क्षेत्रमा औद्योगिक लगानीको सम्भावनाबारे अध्ययन गर्न चिनियाँ उद्योगीको टोली विराटनगर पुगेको छ ।

सुनसरी मोरङ औद्योगिक करिडोर र पूर्वी नेपालको औद्योगिक अवस्थाबारे जानकारी लिन पुगेको टोलीले नेपालमा जलविद्युत र औद्योगिक क्षेत्रमा सात सय लगानिकर्ता ल्याउन सकिने जानकारी दिएको छ ।

सोमबार बिराटनगर पुगेको चिनिया ग्लोबल एनजीओ युनियनका अध्यक्ष चौहुई जोनले विराटनगरमा उद्योगी व्यवसायीहरुसँगको छलफलमा चीनका लगानिकर्तालाई ल्याउन सकिने बताएका छन् । नेपाल र चीनबीचको असल सम्बन्धका कारण उद्योग स्थापना गर्न सकिने उनिहरूको भनाइ थियो ।

नेपालबाट भारत, भुटान, वंगलादेश र चीन पनि नजिक रहेकाले उत्पादित वस्तु सहजै बिक्री गर्न सकिने भएकाले पूर्वक्षेत्र एदोग स्गापनाका हिसाबले अझ राम्रो भएको चिनियाँ प्रतिनिधिले बताए । टोलीले विराटनगर र झापामा उद्योग स्थापनाका लागि अध्ययन गर्ने र यस क्षेत्रको भ्रमण पुरा गरेर थप निर्णय लिने जनाएको छ ।

चिनियाँ व्यपारीको प्रतिनिधिमण्डलले चीनले ३० वर्षसम्म कडा मेहेनत गरेका कारण अहिलेको चीन बनेको दृष्टान्त सुनाउँदै नेपालमा पनि त्यसको सम्भावना रहको जनायो । आजको अन्नपूर्णमा समाचार छ ।

प्रकाशित : ३२ जेष्ठ २०७३, मंगलवार ०४:३४