आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

आईएमई जनरल इन्स्योरेन्सको सेयरमूल्य समायोजन



काठमाडौं । आर्थिक वर्ष २०७६/०७७ को मुनाफाबाट प्रस्तावित बोनस सेयरका लागि आईएमई जनरल इन्स्योरेन्स लिमिटेडको सेयरमूल्य समायोजन गरिएको छ।

आजबाट कम्पनीको सेयर कारोबार समायोजिक मूल्य अनुसार हुने छ । नेप्सेका अनुसार कम्पनीको समायोजित मूल्य प्रतिकित्ता १ हजार १७५ रुपैयाँ कायम भएको छ। यसअघिको अन्तिम कारोबारमा कम्पनीको सेयर प्रतिकित्ता १ हजार २५७ रुपैयाँमा कारोबार भएको थियो ।

कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई ७ प्रतिशत बोनस सेयर र ०३७ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) गरी कुल ७.३७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीको प्रस्तावित लाभांश यही वैशाख १२ गते हुने वार्षिक साधारणसभाबाट अनुमोदन भएपछि कार्यान्वयनमा आउनेछ।

कम्पनीले वार्षिक साधारणसभा र लाभांश प्रयोजनका लागि वैशाख २ गतेबाट बुक क्लोज गर्ने निर्णय गरेको छ। भोलि वैशाख १ ९नयाँ वर्ष० को सार्वजनिक बिदा भएकोले आज चैत ३१ गतेसम्म कायम सेयरधनीहरुमा लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

प्रकाशित : २ बैशाख २०७८, बिहीबार १०:४४