२५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन हुँने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

२५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन हुँने



काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले प्राथमिक सेयर (आईपीओ) जारी गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले अनुमति दिएसँगै कम्पनीले २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको हो ।

बोर्डले कम्पनीलाई आज (बैशाख २ गते) एक सय रुपैयाँ अंकित दरको २५ लाख १८ हजार २३० कित्ता आईपीओ जारी गर्नको लागि अनुमति दिएको हो ।

अन्य समूह अन्तर्गतको यस कम्पनीले बिक्री प्रबन्धक सनराइज क्यापिटल मार्फत सो मात्राको सेयर जारी गर्ने छ ।

प्रकाशित : २ बैशाख २०७८, बिहीबार १७:०७