फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा बढ्यो



काठमाडाै । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्ष २०७७र७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

प्रकाशित विवरण अनुसार लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्म अर्थात चैत मसान्तसम्ममा ९ करोड ७८ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १२.९४ प्रतिशत बढी हो ।

कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । साथै उसको कस्ट अफ फण्डमा समेत घटेको छ । ५.९३ प्रतिशत रहेको कस्ट अफ फण्ड ५।४२ प्रतिशतमा झरेको छ । तर कम्पनीको प्रोभिजन रकम भने बढेको छ ।

कम्पनीको व्यवसायको आकारमा पनि सुधार देखिएको छ । समीक्षा अवधिमा लघुवित्तको सापटी करिब ५७ प्रतिशत तथा कर्जा लगानी ४९ प्रतिशत बढेको छ । व्यवसाय बढ्दा जसको खुद ब्याज आम्दानी करिब ३४ प्रतिशत तथा सञ्चालन मुनाफा १३.१४ प्रतिशतले बढेको छ ।

चुक्ता पूँजी ८७ करोड ६८ लाख रुपैयाँ रहेको लघुवित्तको जगेडा कोषमा २३ करोड ३५ लाख रुपैयाँ सञ्चित छ। समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ९ प्रतिशत बढेको छ भने जगेडा कोष २१ प्रतिशत बढेको छ।

पूँजी बढेको अनुपातमा नाफा सामान्य बढ्दा प्रतिशेयर आम्दानीमा पनि सामान्य सुधार भएको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ४६ पैसा बढेर १४ रुपैयाँ ८९ पैसा पुगेको छ । लघुवित्तको प्रतिशेयर नेटवर्थ १२६.२४ रुपैयाँ, मूल्य आम्दानी अनुपात ५९.३९ गुणा छ ।

प्रकाशित : ३ बैशाख २०७८, शुक्रबार १०:२१