दुई करोड ५७ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

दुई करोड ५७ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत



काठमाडाै । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) मा २ करोड ५७ लाख ५६ हजार ५ सय ५४.२९ कित्ता बोनस शेयर सूचीकृत भएको छ । एक वाणिज्य बैंक, एक विकास बैंक र १ लघुवित्तको उक्त बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

नेपाल इनभेष्टमेन्ट बैंकको १३ प्रतिशत बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भएको छ । बैंकले उक्त बोनस शेयर वापतको एक करोड ८८ लाख ८३ हजार ७५० दशमलव कित्ता शेयर आइतबार नेप्सेमा सूचीकृत भएको हो ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार गरिमा विकास बैंकको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा बैंकको १३.५० प्रतिशत बोनस शेयर बापत ४३ लाख ७२ हजार २३० दशमलव ७३ कित्ता शेयर सूचीकृत भएको हो ।


आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेमा सिटिजन्स इन्भेष्टमेन्ट ट्रस्टको ८२.८४ प्रतिशत हकप्रद शेयर बापत एक करोड ३५ लाख ९२ हजार ६९२ दशमलव ७३ कित्ता शेयर सूचीकृत भएको हो ।


नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आइतबार साना किसान लघुवित्त वित्तिय संस्थाको बोनस र हकप्रद शेयर सूचीकृत भएको छ । नेप्सेमा उक्त संस्थाको हकप्रद शेयर बापत २५ लाख ५७३ दशमलव ५६४२ कित्ता बोनस शेयर र १२ हजार ४४२ कित्ता हकप्रद सूचीकृत भएको हो ।

प्रकाशित : ५ बैशाख २०७८, आईतवार १४:५७