सेयर बजार ३५ अङ्कको पहिरो,यी हुन् सर्वाधिक कारोबार हुने १० कम्पनी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सेयर बजार ३५ अङ्कको पहिरो,यी हुन् सर्वाधिक कारोबार हुने १० कम्पनी



काठमाडाै । कारोबारको पहिलो दिन आज सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक ३५.८९ अंकले घटेर २६९९.५१ विन्दुमा पुगेको हो ।

दोहोरो अंकले घटेको बजारमा आज (आइतबार) सबैभन्दा धेरै कारोबार हुने कम्पनीहरूको पहिलो नम्बरमा एभरेष्ट बैंक लिमिटेड रहेको छ । आज बैंकको ८७ कारोड ६२ लाख ९९ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

त्यसपश्चात् सर्वाधिक कारोबार हुने अन्य कम्पनीहरुमा क्रमश: एनआईसी एशिया लघुवित्त, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, अरुण कावेली पावर लिमिटेड, एनआईसी एशिया बैंक कामना सेवा विकास बैंक, नबिल बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी, नेपाल क्रेडिट एण्ड कमर्स बैंक र अप्पर तामाकोशी हाइड्रोपावर लिमिटेड रहेका छन् ।

प्रकाशित : ५ बैशाख २०७८, आईतवार १६:१३