चैते दशैंको अवसरमा सार्वजनिक विदा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

चैते दशैंको अवसरमा सार्वजनिक विदा दिने



पोखरा । गण्डकी प्रदेश सरकारले बैशाखको ७ गते चैते दशैंको अवसरमा सार्वजनिक विदा दिने भएको छ । विगतका वर्षहरुमा चैते दशैंको सार्वजनिक विदा कटौटी गरेको प्रदेश सरकारले यसपटक भने सार्वजनिक विदा दिने भएको हो ।

गत चैत १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले गण्डकी प्रदेशमा चैते दशैंसहित ५ चाडपर्वमा विदा दिने गरी राजपत्रमा सूचना प्रकाशित गरेको हो ।

राजपत्र अनुसार ०७८ सालमा चैते दशैँसहित ईद, तमुल्होसार, सोनाम ल्होसार र ग्याल्बो ल्होसारलाई बिदा दिने निर्णय गरिएको हो ।

प्रदेश सरकारलाई वर्षमा बढीमा ७ दिन बिदा दिने अधिकार दिइएको छ ।

प्रकाशित : ६ बैशाख २०७८, सोमबार ०७:२९