खाने तेलको मूल्य फेरि बढ्यो



काठमाडौं । बजारमा खाने तेलको भाउ पुनः बढेको छ । गत माघको मध्यदेखि प्रतिलिटरमा २० रुपियाँसम्म घटेको तेलको भाउ पछिल्ला १५ दिनदेखि लिटरमा १० देखि १५ रुपियाँ पुनः बढेको छ । बजार सीमित उद्योगीको नियन्त्रणमा रहेको र सरकारका नियमनकारी निकायको बजारमा कमजोर उपस्थितिका कारण तेलको भाउ बिनाकारण महँगो भएको हो । नेपाल खुद्रा व्यापार सङ्घका अनुसार पछिल्लो पटक सनफ्लावर, भटमास र तोरीको तेलको भाउ मूल्य लिटरमै १० देखि १५ रुपियाँसम्म बढेको छ ।

सङ्घले १५ दिनअगाडि प्रतिलिटर २३५ देखि २४० रुपियाँ रहेको सनफ्लावर तेलको मूल्य २५० रुपियाँ पुगेको जनाएको छ । यस्तै यसअघि प्रतिलिटर २२० रुपियाँ रहेको भटमासको तेलको मूल्य बढेर लिटरको २३५ रुपियाँसम्म पुगेको छ । त्यसैगरी तोरीको तेल पनि ब्रान्डअनुसार १० देखि १५ रुपियाँसम्म बढेको सङ्घले जनाएको छ ।

सङ्घका अध्यक्ष राजकुमार श्रेष्ठले भारतमा तेल महँगिएका कारण नेपालबाट भारततिर तेल आपूर्ति हुन थालेकाले बजारमा खाने तेलको मूल्य आकाशिएको बताए । कच्चा पदार्थको मूल्य केही बढेको भए पनि नेपालमा प्रशोधन भएको तेल भारतमा आपूर्ति गर्ने प्रवृत्ति बढेका कारण नेपाली बजारमा तेलको मूल्य आकाशिएको उनको भनाइ छ ।आजको गोरखापत्र दैनिकबाट

 

 

प्रतिक्रिया दिनुहोस
काठमाडौं महानगरपालिकाले भन्यो खोप सकियो, अब अर्को सूचना पर्खनु

काठमाडौं । काठमाडौं महानगरपालिकामा कोरोना विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । मौज्दात

कुमारी इक्विटी फण्डको लाभांश घोषणा

काठमाडाैं । कुमारी इक्विटी फण्डको लाभांश घोषणा भएको छ । योजना ब्यबस्थापक कुमारी

पहिलो पटक सहकारीमा कियोस्क बैंकिङ सेवा

काठमाडाै । बचत तथा ऋण सहकारी संस्थाले कियोस्क बैंकिङ सुरु गर्ने भएको छ

ज्योति विकास बैंकले ल्यायाे “ज्योति स्मार्ट सेभिङ्ग्स”, लगानीकर्तालाई फाइदै फाइदा

काठमाडाैँ । ज्योति विकास बैंक लिमिटेडले सेयर बजारमा लगानी गर्न ईच्छुक नयाँ लगानीकर्ताहरुलाई

प्रकाशित मिति २०७८ असार १ देखि