शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा विद्यालय बन्द « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा विद्यालय बन्द



काठमाठौं । नेपालमा कोरोनाको नयाँ भेरियन्टको जोखिम बढ्दै गएपछि सरकारले शहरी क्षेत्रसहित संक्रमण बढेका जिल्लाहरुमा बैशाख मसान्तसम्म शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको बैठकले सीसीएमसीको सिफारिसमा शिक्षण संस्थाहरु बन्द गर्ने निर्णय गरेको हो । तर बैकल्पिक माध्यमबाट पठनपाठन र परीक्षा भने सन्चालन हुनेछन् ।

जिल्लाको हकमा भने डिसीसीएमसीको सिफारिस बमोजिम विद्यालयहरु बन्द हुनेछन् । मन्त्रिपरिषद् बैठकले पारित गरेको कोभिड–१९ सम्बन्धी नयाँ आदेशमा शहरी क्षेत्रका विद्यालय भौतिक कक्षा सञ्चालन बन्द गर्न भनेको छ ।

सम्बन्धित क्षेत्रका सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड अपनाएर विद्यालयहरु संचालन गर्नुपर्ने माग गरिरहेका बेला विद्यार्थीहरु धमाधम संक्रमित भएपछि मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो ।

प्रकाशित : ६ बैशाख २०७८, सोमबार १२:०३