सिभिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सिभिल बैंकको कामु प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेल



काठमाडौं। सिभिल बैंकले कामु प्रमुख कार्यकारी अधिकृतमा सुनिलकुमार पोखरेललाई नियुक्त गरेको छ।

गोविन्द गुरुङले प्रमुख कार्यकारीबाट राजीनामा गरेपछि पोखरेललाई बैंक सञ्चालक समिति बैठकले व्यवस्थापन नेतृत्वको जिम्मेवारी दिएको हो।

बैंकले गुरुङको राजीनामा बैशाख १८ गतेबाट लागू हुने गरी स्वीकृत गरेको छ। त्यसपछि पोखरेलले कामु प्रमुख कार्यकारीको जिम्मेवारी सुरु गर्ने छन्।

पोखरेल अहिले नायब प्रमुख कार्यकारी अधिकृत छन्। पोखरेल अनुभवी बैंकर हुन्। उनीसँग विदेशस्थित बैंकदेखि नेपालमै रहेको विदेशी बैंकमा काम गरेको अनुभव छ।

उनले सन् १९९१ बाट बैंकिङ करिअर सुरु गरेका हुन्। तत्कालिन ग्रिण्डलेज (अहिलेको स्ट्यान्डर्ड चार्टर्ड) बैंकमा उनले १९ वर्षभन्दा बढी काम गरेका थिए।

त्यसपछि उनले एनआइसी एसियामा करिब ५ वर्ष काम गरे। नबिल बैंकमा एक वर्ष काम गरे। त्यसपछि उनी म्यानमारस्थित युनाइटेड अमरा बैंकमा काम गरे।

प्रकाशित : ६ बैशाख २०७८, सोमबार १२:१८