लुम्बिनी विकास बैंकले एकै पटक खोल्यो तीन शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

लुम्बिनी विकास बैंकले एकै पटक खोल्यो तीन शाखा



काठमाडाै । लुम्बिनी विकास बैंकले सोमबार तीन ठाँउमा सोमबार एकै दिन तीन वटा शाखाको विस्तार गरेको छ। बैंकले झापाको विर्तामोड, दमक र नवलपरासीको कावासोतीमा शाखा विस्तार गरेको हो। यो सँगै लुम्बिनी विकास बैंकका मुलुकभर ७० शाखा पुगेका छन्।

झापाको दमकमा एक कार्यक्रमका बीच सोमबार बैंकका सञ्चालक केशव खतिवडा र दमक नगरपालिका वडा नम्बर ६ का अध्यक्ष टेकबहादुर थापाले संयुक्त रुपमा शाखा कार्यालयको उद्घाटन गरे।

‘दमकमा लुम्बिनी विकास बैंकले शाखा विस्तार गरेर नगर तथा वडासँग सहकार्य गर्दै सेवा प्रदान गर्ने सञ्चालक खतिवडाले बताए । सेवाग्राहीलाई विश्वसनीय ढंगले सेवा प्रवाह गरिने उनले बताए। दमकमा लुम्बिनीले शाखा विस्तार गरेसँगै सो क्षेत्रमा बैकको संख्या पनि १९ पुगेको छ।

बैंकका सञ्चालक केशव खतिवडा, प्रताप कुमा आचार्य र कार्यकारी अधिकृत नरेशसिंह बोहराले सेवाग्राहीलाई बैंकले दिने सुविधामा कुनै कन्जुस्याइँ नगर्ने बताए।

प्रकाशित : ७ बैशाख २०७८, मंगलवार १२:२४