१ अर्ब ५० करोड बराबरको आइपिओ आउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

१ अर्ब ५० करोड बराबरको आइपिओ आउने



काठमाडौं । मध्यभोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्नका लागि अनुमति पाएको छ ।

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १ अर्ब ५० करोड बराबरको १ करोड ५० लाख कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डले अनुमति दिएको हो ।

बोर्डको स्वीकृति पछि कम्पनीले आयोजना प्रभावित स्थानिय बासिन्दा र सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन गरेपछि सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्नेछ । कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

प्रकाशित : ७ बैशाख २०७८, मंगलवार १५:०१