चन्द्रागिरि र शुभतारा सहकारीबिच एकीकरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

चन्द्रागिरि र शुभतारा सहकारीबिच एकीकरण



काठमाडाै । चन्द्रागिरि न.पा. ७, थानकोट महादेवस्थान अवस्थित चन्द्रागिरि साकोस र ललितपुर म.न.पा १४, खुमलटारस्थित शुभतारा बहुउद्धेश्यीय सहकारी संस्थाविच सुरु भएको एकीकरण प्रकृया २०७८ बैशाख ८ गते सम्पन्न भएको छ ।

वाग्मती प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय सहकारी महाशाखाबाट उक्त एकीकरण प्रकृया स्विकृत भएको हो । दुवै संस्थाविच गठन भएको एकीकरण कार्यदलहरुका विच पटक पटक बसेको बैठक तथा छलफल एवं सम्पन्न दुवै संस्थाको पछिल्लो साधारण सभा तथा संयुक्त साधारण सभाबाट दुई संस्थाविच एकीकरण गर्ने निर्णय भएको थियो ।

वाग्मती प्रदेश सहकारी ऐन २०७६ र प्रदेश सहकारी नियमावली २०७६ बमोजिम एकीकरणका शर्त तथा कार्यविधिहरु पारित भएको हो ।

यस एकीकरण प्रकृया पूर्व चन्द्रागिरि साकोसको कुल सम्पत्ति २ अर्ब ४७ करोड र शुभतारा सहकारीको कुल सम्पत्ति २० करोड तथा सदस्यहरुमा क्रमशः १३ हजार ५ सय र ६ सय रहेकोमा दुवै संस्था एकीरण पश्चात दुवै संस्थाका सदस्यहरुले चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था मार्फत कारोवार गर्नेछन् ।

त्यसै गरी हाल सम्म संस्थाको कार्यक्षेत्र काठमाडौं र ललितपुर जिल्लाभर र धादिङ जिल्लाको धुनिबेशी नगरपालिका सम्म कायम भएको छ ।

हाल सम्म सम्पन्न एकीकरण प्रकृयाबाट संस्थाको ४ वटा सेवाकेन्द्र सञ्चालन हुने भएको छ जसमा चन्द्रागिरि न.पा. १२ सृजनाचोकमा दहचोक सेवाकेन्द्र, ललितपुर म.न.पा १४ खुमलटारमा शुभतारा सेवाकेन्द्र, का.म.न.पा. २२, न्युरोडमा न्युरोड सेवाकेन्द्र र धुनिबेसी न.पा. ७ मा नौविसे सेवाकेन्द्र सञ्चालन हुनेछ ।

निकट भविष्यमा नै १ लाख सदस्य र ३० अर्ब कुल सम्पत्ति पुर्याई गुणस्तरीय सहकारी वित्तिय सेवा प्रदान गर्ने लक्ष्यको साथ चन्द्रागिरि साकोस अगाडि बढ्ने कुरा संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार श्रेष्ठले बताए ।

प्रकाशित : ९ बैशाख २०७८, बिहीबार १३:२२