नेप्से दोहोरो अंकले बढ्यो, ६ कम्पनीको शेयर मूल्य उच्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

शेयर बजार

नेप्से दोहोरो अंकले बढ्यो, ६ कम्पनीको शेयर मूल्य उच्च



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । बिहिबार नेप्से १५.८० अंकले बढेर दुई हजार छ सय ४८ दशमलब १ विन्दुमा पुगेको छ भने ५ अर्ब ९१ करोड ५१ लाख बराबरको कारोबार भएको छ । कारोबार भएका दुई समूह बाहेक अन्यसबै समूह बढेका छन् ।

त्यस्तै, आज ६ कम्पनीको शेयर मूल्यमा उच्च बृद्धि भएको छ । शेयरमूल्य उच्च बृद्धि हुनेमा बिशाल बजार कम्पनी, सिन्धु विकास बैंक, महिला लघुवित्त वित्तिय संस्था, ग्रिन डेभलपमेन्ट बैंक, ज्योति लाईफ इन्स्योरेन्स कम्पनी र नेपाल क्रेडिट एण्ड कमर्श बैंक रहेका छन् ।

प्रकाशित : ९ बैशाख २०७८, बिहीबार १५:४६