विद्युतिय कारोबारलाई सुरक्षित बनाउन प्रभु बैंक केन्द्रित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

विद्युतिय कारोबारलाई सुरक्षित बनाउन प्रभु बैंक केन्द्रित



Prabhu-Bank-696x681काठमाडाै ।  विद्यूतीय प्रणाली मार्फत् गरिने सूचना आदान प्रदान सम्बन्धमा उत्पन्न हुने जोखिमलाई न्युनीकरण गर्ने तथा सूचना प्रवाहलाई अझ विश्वसनीय बनाउनका लागि प्रभु बैंक लिमिटेड र सो सम्बन्धी कार्यका लागि नेपालको आधिकारिक निकाय Nepal Certifying Company Pvt Ltd.  का विच सम्झौता सम्पन्न भएको छ ।

एक समारोहका विच सम्पन्न उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र Nepal Certifying Company Pvt. Ltd. का तर्फबाट अध्यक्ष विप्लवमान सिंहले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त समारोहमा बैंक तथा Nepal Certifying Company Pvt. Ltd. का अन्य पदादिकारीहरुको समेत उपस्थिति रहेको थियो ।

सूचना आदान प्रदानमा हुने जोखिम न्यूनिकरण सम्बन्धी सम्झौता पश्चात् आगामी दिनमा बैंकको आन्तरिक तथा बाह्य ग्राहकहरुसँगको विद्यूतीय कारोबार अझ सुरक्षित एवं सवलहुने बैंकले विश्वास लिएको छ ।

प्रकाशित : ३ असार २०७३, शुक्रबार ०५:००