बजेटमा बैंकर्स संघको सुझावः६अर्ब डलर ठूला पुर्वाधार निमार्णमा खर्च गराैँ, आय कर २५ प्रतिशत बनाऔँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

बजेटमा बैंकर्स संघको सुझावः६अर्ब डलर ठूला पुर्वाधार निमार्णमा खर्च गराैँ, आय कर २५ प्रतिशत बनाऔँ



काठमाडौं । वणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंक संघले सरकारलाई बजेटमा सुझाव पेश गरेको छ । आगामी आर्थिक २०७८/७९ को बजेट निर्माणको प्रक्रियामा रहेको अर्थमन्त्रालयलाई संघले २६ बुँदे माग सतिहको सुझाव बुझाएकोे हो ।

वाणिज्य बैंकहरूको छाता संस्था बैंकर्स संघ नेपालले आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट मार्फत २५ बुँदे सुझाव कार्यान्वयनको माग गरेका छन् । संघले बजेटमार्फत सम्बोधन गर्नुपर्ने र वित्तीय प्रणालीलाई सहज बनाउन सकिने तर्कसहित उक्त सुझाव पेश गरेका छन् ।

संघले करसम्बन्धि सुझावलाई प्रमुख प्राथमिकतका साथ उठाएको छ । संघले राखेको सुझाव १९ वटा करसम्बन्धी मात्रै छन् भने बाँकी छवटा मात्रै अन्य क्षेत्रलाईसमावेश गरेर तय गरिएको छ ।

संघले सरकारलाई आगामी बजेटमा पेश गरेको सुझावमा १९ बँुदे सुझाव कर सम्बन्धी र ७ वटा बुँदामा सहुतियतका माग राखिएको छ ।

संघले आगामी बजेटमा सरकारलाई हाल कायम ३० प्रतिशत करर्पोरेट आयकरमा २५ प्रतिशत कायम गर्न माग राखेको छ ।

बैंकर्स संघले अगाडि सारेको सुझावमा नेपाल राष्ट्र बैंककले प्रकाशन गरेको “देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती” अनुसार २०७७ फाल्गुनसम्म १२.५७ अर्ब अमेरिकी डलर विदेशी विनिमय संचित गरेको उल्लेख गर्दै अर्थतन्त्रलाई थप चलायमान बनाउन तथा संचित रकमको सहि सदूपयोगका निमित्त सो रकम खर्च गर्नुपर्ने भनिएको छ ।

प्रकाशित : १० बैशाख २०७८, शुक्रबार १२:४६