युवा उद्यमीका सम्भव र जायज माग सम्बोधन हुन्छः अर्थमन्त्री



काठमाडौँ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले युवा व्यवसायीको जायज माग र सुझावलाई आगामी आर्थिक वर्षको बजेटमा समेट्न प्रयास गर्ने बताएका छन् ।

आर्थिक वर्ष २०७८/७८ को बजेटबारे युवा उद्यमीसँग सुझाव लिन आज आयोजित छलफलमा उनले युवा उद्यमीका सम्भव र जायज मागलाई सम्बोधन गर्न आफूले प्रयास गर्ने बताए ।

उनले बजेट निर्माणमा भएकाले कुन सम्भव र कुन जायज हुन् भन्नेबारे आफूले सार्वजनिक गर्न नमिल्ने भन्दै उनले युवा उद्यमीको पक्षमा सरकार रहेको स्पष्ट पारे ।

अर्थमन्त्रीले औसतरूपमा अगाडि बढेर मात्रै नहुनेमा आफू स्पष्ट रहेको भन्दै कोरोनाले पारेको प्रभाव र त्यसबाट पाएको शिक्षाका आधारमा नयाँ ढङ्गले नै बजेट निर्माण गर्नुपर्ने आवश्यकता महसुस भएको बताए ।

अर्थतन्त्रको पुनःउत्थान गर्न केही नीतिगत सुधार जरुरी रहेको उनको भनाइ छ । युवा उद्यमीले स्टार्टअप नीति, विद्युत्को डिमाण्ड शुल्क तथा भन्सारमा न्यून विजकीकरणलगायत विषयमा अर्थमन्त्रीलाई सुझाव दिएका थिए ।

उनीहरूले युवा उद्यमीलाई प्रोत्साहन गर्ने बजेट जरुरी रहेको भन्दै सरकारले आफूहरूको सुझावलाई आत्मसात गर्ने विश्वास व्यक्त गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस
पब्लिक कम्पनी बनेसँगै नर्भिकमा नयाँ संचालक समिति चयन

काठमाडौं । प्राइभेट लिमीटेडबाट पब्लिक लिमीटेड कम्पनीमा रुपान्तरण भएसँगै नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड

मेवा खोला हाइड्रोपावरमा लगानी जुट्यो, सात वाणिज्य बैंकले लगानी गर्ने

काठमाडौ । प्रदेश नंं. १ को ताप्लेजुङ्ग जिल्ला साविक थुकिमा, लिङतेप एवं खाम्लुङ्गगा.वि.स.

उत्पादनबृद्धि नगरी आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिदैनः अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले हरेक कुरामा मुलुक आत्मनिर्भर नभएसम्म जनताको समस्या समाधान

ट्रङक तथा डेडिकेडेट लाइन विद्युत महसुल विवाद चाँडो समाधान गर्न उर्जामन्त्रीलाई महासंघको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले सरकरासमक्ष ट्रङक तथा डेडिकेडेट लाइन विद्युत महसुल

प्रकाशित मिति २०७८ असार १ देखि