आलोपालोबाट सहकारी चलाउनुः महासंघ



काठमाडाै । राष्ट्रिय सहकारी महासंघले सहकारी संघ/संस्थाहरूलाई स्वास्थ्य मापदण्ड पालनाका साथै भौतिक दुरी कायम गरेर वस्तु तथा सेवा प्रवाह गर्न अनुराेध गरेकाे छ ।

महासंघद्वारा जारी सूचनामा सीमित जनशक्तिबाट आलोपालो कार्यालय सञ्चालन हुनेगरी सेवाप्रवाहमा निरन्तरता दिन भनिएको छ ।

त्यस्तै संघ/संस्थाको बैठक, अन्तरक्रिया, गोष्ठी, तालिम लगायतका कार्यक्रम भर्चुअल माध्यमबाट गर्न अपिल गरिएको छ ।

साथै स्थानीय तहसँग समन्वय गरी सहकारी कार्यालय वरपर क्षेत्रको व्यवस्थापनका लागि सहजीकरण गर्न महासंघले अपिल गरेको छ । महामारी सक्रमणको शंका लागेमा परीक्षण, सक्रमितलाई आइसोलेसन र कन्ट्रयाक ट्रेसिङमा परेकालाई परीक्षणका लागि आवश्यक समन्वय गर्न सहकारीकर्मीलाई महासंघले अपिल गरेको हो ।


समुदायप्रति चासो मनन गर्दै देशभरी छरिएर रहेका सहकारीले सुरक्षित भएर कोभिड नियन्त्रण गर्न संवेदनशील भएर लाग्न भनिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस
उपत्यकामा निषेधाज्ञा १० दिन थप, यी कार्य गर्न लाग्यो बन्देज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । मंगलबार काठमाडौं, ललितपुर र

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने

सहकारीले प्रतिनिधीमुलक साधारणसभा गर्न पाउने भएका छन् । प्रदेश रजिष्ट्रार कार्यालयले कोरोना भाईरस

सहकारीलाई विवरण बुझाउन ताकेता

काठमाडाै् । आर्थिक वर्ष ०७६/७७ को विवरण बुझाउन प्रदेश एक सहकारी कार्यालयले ताकेता

उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त

काठमाडौं । नेपाली कांग्रेसका सांसद उमेश श्रेष्ठ स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

प्रकाशित मिति २०७८ असार १ देखि