अनिकालमा बीऊ र महामारीमा जीऊ जोगाऔँ



नेपाल सरकारले यो समाचार तयार पार्दासम्म देशव्यापी लकडाउनको अप्रीय निर्णय त लिइसकेको छैन तर पनि हामी यसभन्दा अगाडी २०७६ चैतमा गरिएको देशव्यापी लकडाउनभन्दा जटिल अवस्थामा छौँ | जनजीवन प्रभावित बनेको छ ।

मानिसहरू अव्यक्त पीडा सँगालेर घरका बन्दी दिवारमा सिमित भएका छन् । बजारमा मानिसहरूको हिँडडुल कम भएको छ । आर्थिक क्रियाकलापमा संकुचन आएको छ । नियमित क्रियाकलापहरू अवरुद्ध भएका छन् । कतिपय अवस्थामा सरकारी र कतिपय अवस्थामा स्वतस्फूर्त नियन्त्रणले काम गरिरहँदा यो शिलसिला अझै लामो समयसम्म बढाउँदै लग्नुपर्ने देखिन्छ ।

दक्षिणी छिमेकी मित्रराष्ट्र भारतमा कोरोनाको ग्राफ दिनप्रतिदिन उकालो लागिरहँदा विश्वको ध्यान दक्षिण एसियाली राष्ट्रहरू तर्फ मोडिएको छ । विशाल जनसंख्या रहेको भारतमा कोरोनाको बढ्दो सङ्क्रमणसँगै मृत्यू दर पनि उच्च छ ।

त्यसले निकटको छिमेकी राष्ट्र नेपाललाई समेत अझै बढी भयवीत तुल्याउने धेरै आधारहरू नेपालले सदियौंदेखि पाल्दै आएको छ ।

केहि समय मथ्थर जस्तै अवस्थामा पुगेको कोरोना सङ्क्रमण द्रोस्रो भेरिन्टले गर्दा पछिल्लो हप्ता नेपालमा पनि अप्रत्याशित ढंगले विस्तार भयो । गएको तीन दिनमा ७२ जनाको ज्यान लिएको कोरोनाले कैंयन मानिसलाई जीवन मरणको दोसाँधमा धकेलेको छ।

कोरोना सङ्क्रमणले आफ्नो गतिलाई तीब्रत्तर पार्दै गएको छ । यो गति बढ्दै जाँदा हुने क्षतिको अनुमान मात्र लगाउन सक्छौँ । यति सानो मुलुकमा एकैदिनमा मृत्यू हुनेको संख्या दर्जनौँ पुग्नुले पनि त्यो सम्भावित क्षतिको प्रारूप तयार पार्दै आएको प्रतित हुन्छ ।

अस्पतालहरूमा भरिभराउ कोरोना सङ्क्रमितको उपचारका लागि साधन स्रोतहरूको अप्रर्याप्तता विश्वको समस्या हो, त्यस्तो विश्वव्यापी समस्याबाट नेपाल पृथक छैन ।

हाम्रो स्वास्थ्य संरचना कमजोर छ । भएका संरचनाहरूमा पनि नियन्त्रण झनै बढी फितलो छ । त्यसैमा ‘भगवान भरोसा’ को लोकोक्ति हामीले यस्तै बेलामा बढी अनुसरण गछौँ ।

आफ्ना नियमित कामलाई थाती राखेर जीऊज्यानको सुरक्षा गर्नु हाम्रो पहिलो कर्तब्य हो । त्यसैले त भनिन्छ, महामारीमा जीऊ र अनिकालमा बीऊ जोगाऊनु पर्दछ ।

देशको भूगोलमा बसोबास गर्ने आम नागरिक राज्यका अंग हुन् । प्राकृतिक वा दैवी विपत्तीको समयमा हरेक मानिसमा त्यो दायित्वबोध झनै बढी प्रवल ढंगले मुखरित हुनुपर्दछ । हरेक बखत राज्य वा अरू कसैलाई दोषारोपण गर्न अभ्यस्त हामी आफैँले आफ्नो भूमिकालाई पनि हमेशी ख्याल गर्नुपर्ने हुन्छ ।

तपाइँ हाम्रो घरमा आएर मास्क लगाउन, हात धुन, स्यानिटाइज गर्न, भीडभाड नगर्नु भन्न सरकार आइपुग्दैन । जारी महामारीबाट बच्न यस्ता आधारभूत सुरक्षा सतर्कतामा हाम्रो आफ्नै स्वतस्फूर्त ध्यान जानुपर्छ । तव मात्र हामी आफ्नै हेलचक्र्याइँले निम्त्याउने भयावह परिस्थितबाट बच्न सक्दछौँ ।

देशीय अन्तरदेशीय सहयोगको आदानप्रदान यस्ता विपत्तीको समयमा हुन्छन् नै । यसपटक पनि भएका छन् तर, समस्या एउटा जोगीको घरमा सन्यासी पाहुँना हुँदा जस्तो हुन्छ त्यस्तै भएको छ | हामीकहाँ भएको जस्तै समस्याबाट विश्व आक्रान्त छ ।

अहिले एक देशले अर्को देशसँग पीडा मात्र बाड्न सक्छन् । पीडाको आदानप्रदानले मन मात्र हलुका हुने हो, समस्याको वास्तविक समाधान हुँदैन ।

स्वास्थ्य मन्त्रालयले आफ्नो विभागीय जिम्मेवारीमा रहेर नै प्रर्याप्त स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन बारम्बार अनुरोध गर्दै आएको छ । यधपी, लापरबाहीको हद नाघेर यो सबै भएको निष्कर्ष निकाल्नु भने गलत हुनेछ ।

परिक्षणको दायरा बढाउन, जटिल अवस्थामा पुगेका सङ्क्रमितहरूका लागि विशेष कक्षसहितका उपचारका प्रर्याप्त उपकरणहरूको सुनिश्चितता गर्ने कार्यमा सरकारको गम्भीर ध्यान पुगोस् ।

दैनिक काममा नारिएर मात्र हातमुख जोड्न पाउने नागरिकहरूको वाध्यकारी अवस्थामा राज्यले आफ्नो अभिभावकत्व ग्रहण गरोस्।

कोरोनाकै कारण विस्थापित हुने सम्भावनामा पुगेका साना तथा मझौला व्यवसायको संरक्षणमा दत्तचित्त बन्दै त्यसपछिको आर्थिक क्रियाकलापलाई गति दिने आधार तय गरोस् ।

 

 

प्रतिक्रिया दिनुहोस
संस्थापक सेयर साधारण सेयरमा परिणत गर्न अर्थमन्त्रीलाई बैंक अध्यक्षहरुको दबाब

काठमाडांै । बैंक वित्तीय सँस्थाहरुको अध्यक्षहरुको छाता संगठन ‘बैंक तथा वित्तीय संस्था परिसंघ

महालक्ष्मी विकास बैंकको खुद नाफा ७१ प्रतिशतले उकालो लाग्यो

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड खुद नाफा ७१ प्रतिशतले उकालो लागेको छ

तेह्रथुम पावर कम्पनीको आइपीओ मंगलबार देखि , कस्ले कति कित्ता भर्न पाइन्छ ?

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडले भोली अर्थात् मंगलबार देखि स्थानीय वासिन्दाका लागि

लगानीकर्तालाई खुशीको खबर : तीन कम्पनीलाई ७६ लाख २३ हजार कित्ता आइपीओ निष्काशन बोर्डको अनुमति

काठमाडाैं । नेपाल धितोपत्र बोर्डबाट तीन कम्पनीले सर्वसाधारणको लागि प्राथमिक शेयर (आइपीओ) निष्काशन

प्रकाशित मिति २०७८ असार १ देखि