सहकारी संघ/संस्थालाई विभागको ७ बुँद्धे निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रवास

सहकारी संघ/संस्थालाई विभागको ७ बुँद्धे निर्देशन



काठमाडाै । सहकारी विभागले सहकारी संघ/संस्थालाई निर्देशन जारी गरेको छ । कोरोना भाईरसको संक्रमण दर बढ्दै गएपनि सहकारीले प्रदान गर्ने सेवाका विषयमा निर्देशन जारी गरेको छ ।

सहकारीले भिडभाड नहुने तथा आवश्यक भौतिक दुरी कायम हुनेगरी मात्र सेवा प्रवाह गर्न निर्देशन जारी गरेको छ । त्यस्तै बैठक, तालिम जस्ता कार्यक्रममा भौतिक दुरी सुनिश्चित गर्ने सम्भव भएसम्म यस्ता कार्यक्रम अभौतिक माध्यमबाट गर्न निर्देशन जारी गरेको छ ।

त्यस्तै कर्मचारीलाई समुह विभाजन गरी कार्य गर्ने व्यवस्था मिलाउन र नगद संकलन गर्ने कर्मचारीको आवश्यकता अनुसार पिसिआर परिक्षण गराउन पनि निर्देशन दिएको छ ।

आवश्यकीय कार्य निरन्तरताका लागि विस्तृत कार्य योजना तयार गरी समयानुकुल अध्यावधिक गर्ने र तरलता अभाव हुन नदिन सञ्चालक समितिले विशेष कार्ययोजना तयार गरी सोही योजना अनुसार कार्य गर्ने व्यवस्था मिलाउन निर्देशन जारी गरेको छ ।

प्रकाशित : १३ बैशाख २०७८, सोमबार १६:५४