सिद्धार्थ बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकबीच असार ७ देखि एकीकृत कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

सिद्धार्थ बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकबीच असार ७ देखि एकीकृत कारोबार



काठमाडौं । सिद्धार्थ बैंक र बिजनेस युनिभर्सल डेभलपमेन्ट बैंकबीच असार ७ देखि एकीकृत कारोबार हुने भएको छ ।
सिद्धार्थसँग बिजनेस युनिभर्सल गाभिएपछि एकीकृत कारोबार सुरू हुन लागेको हो । मर्जपछि सिद्धार्थ बैंक लिमिटेडका नामबाट कारोबार हुनेछ ।
 दुवै बैंकको गत वैशाख १२ मा सम्पन्न विशेष साधारण सभाले सिद्धार्थसँग बिजनेस युनिभर्सल गाभिने विशेष प्रस्ताव पारित गरेका थिए ।
यसैगरी, नियामक नेपाल राष्ट्र बैंकले जेठ २३ गते दुवै बैंकलाई आपसमा गाभ्न तथा गाभिन अन्तिम स्वीकृति दिएको थियो ।
कम्पनी रजिष्ट्रारको कार्यालयले सिद्धार्थ बैंकले बिजनेस युनिभर्सलको बाँकी रहेको सम्पूर्ण दायित्व तथा सकार्ने गरी एकीकृत कारोबार गर्न अन्तिम स्वीकृतिसमेत दिइसकेको छ ।
एकीकृत कारोबार सुरू हुने मिति सार्वजनिक गरिए पनि स्टक एक्सचेन्जमा सेयर कारोबार खुला हुने दिन भने सार्वजनिक गरिएको छैन । सेयर बजार बुलिस भएका बेला लगानीकर्ता यो बैंकको सेयर कारोबार हुने समय कुरेर बसेका छन् ।

प्रकाशित : ४ असार २०७३, शनिबार १६:४४