ब्रोकरलाई ७ बुँदे निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

ब्रोकरलाई ७ बुँदे निर्देशन



काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कोरोनाको दोस्रो लहरको संक्रमण बढेपछि धितोपत्र दलाल व्यवसायी (ब्रोकर)लाई विभिन्न ७ बुँदे निर्देशन दिएको छ ।

नेप्सेले ब्रोकरलाई भौतिक उपस्थिती कम गर्न, नेप्सेमा पठाउने कागजात इमेलबाट पठाउन निर्देशन दिएको हो ।

सदस्य दलालले पेश गर्ने बैंक ग्यारेन्टी आफ्नो बैंक मार्फत इमेल पठाउन लगाउने र त्यसको जानकारी नेप्सेमा अनिवार्य रुपमा गर्न निर्देशन दिएको छ ।

नेप्सेले ब्रोकरलाई कार्यालय सञ्चलान गर्दा भौतिक दुरी कायम गर्दै मास्क लगाउन, ज्वरो नाप्न, स्यानिटाइजर प्रयोग गर्न निर्देशन दिएको छ । लगानीकर्तालाई अनलाइन कारोबारलाई प्रोत्साहन गर्न निर्देशन दिएको छ ।

प्रकाशित : १३ बैशाख २०७८, सोमबार १७:२४