आइएमई पे बाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

आइएमई पे बाट एनआईसी एशिया क्यापिटलको कारोबार भुक्तानी गर्न सकिने



काठमाडौँ । डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबारलाई अझ सहज र आम जनमानसको पहुँचसम्म पु¥याउनको लागि एनआईसी एशिया क्यापिटल र आइएमई पेवीच सम्झौता सम्पन्न भयो । सम्झौता अनुसार डीम्याट खाता र मेरो शेयरको नविकरण गर्न एनआईसी एशिया क्यापिटलको सेवाका लागि आइएमई पे एप र आइएमई पेको देशभरि छरिएर रहेका ३५ हजारभन्दा बढी एजेन्ट मार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने छन् ।


उक्त कार्यक्रममा बोल्दै एनआईसी एशिया क्यापिटलका प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले आइएमई पे, एनआईसी एशिया क्यापिटलको भुक्तानी साझेदार भए पश्चात सेवाग्राहीहरूलाई डीम्याट खाता र मेरो शेयरसँग सम्बन्धित कारोबार गर्न सहज हुनुका साथै संस्थाको आक्रामक बजार विस्तारमा पनि सहयोग पुग्नेमा विश्वस्त भएको विचार ब्यक्त गर्नु भयो ।

त्यस्तै आईएमई पेका बजार प्रमुख गुण श्रेष्ठले नेपाल सरकारको डिजिटल अभियान अनुरुप डिजिटल अभियानलाई अगाडि बढाउन प्रतिवद्ध रहेको र यो सम्झौता पश्चात सेवाग्राहीहरुलाई डीम्याट खाता र मेरो शेयर नवीकरणसँग सम्वन्धित कारोबारहरू थप सहज र सरल तरिकाले गर्ने सक्ने विचार व्यक्त गर्नु भयो ।

आइएमई ग्रुपद्वारा संचालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ ले नयाँ एप प्रयोगकर्ताहरूलाई लक्षित गरी गृहप्रवेश अफर अन्तर्गत रू. १ सयमा रू. १ सय नै बोनस उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

प्रकाशित : १४ बैशाख २०७८, मंगलवार १५:५६