एनआरएनए युकेमा आर्थिक अनियमितता कान्ड कसरी पुग्यो अदालतसम्म ?



लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेका चारजना उपाध्यक्षहरुले सामाजिक संस्था भित्र बसेर आर्थिक अनियमितता जस्ता गलत काम गर्ने विरुद्ध अदालत जानु परेको प्रस्टीकरण दिएका छन् ।

आइतबार भर्चुअल रुपमा आयोजित् खुल्ला बहसमा भाग लिंदै उनीहरुले आफुहरुको लडाई संस्था विरुद्ध नभई सामाजिक संस्थालाई कब्जामा लिंदै गलत कार्य गर्नेहरुका विरुद्ध भएको स्पष्ट पारे ।

‘खुल्ला बहस’ मा पत्रकारहरुले सोधेका प्रश्नको जवाफ दिंदै उपाध्यक्ष प्रेम गाहामगरले बेलायतस्थित नेपाली समुदायले श्रम गरेर समाजसेवाका लागि जम्मा पारेको रकम दुरुपयोग गर्ने विरुद्ध कानुनी लडाईमा जानु परेको बताए । ’आर्थिक हिनामिना गर्ने र त्यसलाई ढाकछोप गर्ने कार्यमा संलग्न जो कोही पनि छानविनको दायरामा पर्छन् । म स्वयं पनि आर्थिक अनियमितता गर्नेमा परें भने कारवाहीको भागिदार हुनुपर्छ’, उनले भने । “आफ्नै संस्था विरुद्ध मुद्दा हाले भनेर केही व्यक्तिहरुले हल्ला चलाएका छन् । त्यो विल्कुल गलत र भ्रामक कुरा हो । हाम्रो लडाई संस्था विरुद्ध होइन, एनआरएनए युकेलाई दुरुपयोग गर्ने गलत व्यक्तिहरु विरुद्ध हो ,’ उनले भने ।

उपाध्यक्ष गाहामगरले एनआरएनए युकेमा जो नेतृत्वमा आएपनि एउटै व्यक्तिले संस्थामा हालीमुहाली गर्दै आएको भन्दै आगामी दिनमा त्यस्तो सिण्डीकेट तोडने प्रतिवद्धता व्यक्त गरे । उनले संस्थामा दुरुपयोग गरिएको रकम संस्थाको खातामा फिर्ता ल्याउने दावी समेत गरे ।

‘आर्थिक दुरुपयोग रोक्न कानुनी लडाईं’

अर्का उपाध्यक्ष नारायण कंडेलले एनआरएनए युकेलाई एक विश्वसनीय संस्थाका रुपमा विकास गर्न र त्यहाँ भएका आर्थिक दुरुपयोग रोक्न कानुनी लडाईंमा जानु परेको बताए । ’बेलायतस्थित नेपाली समुदायले निर्वाचित गरेरै संस्था भित्र महत्वपूर्ण जिम्मेवारी पाएका छौं । त्यहाँ भएको विकृति हटाउन तपाइहरुको साथ चाहिएको छ,’ उनले भने।

’एनआरएनए युकेलाई आर्थिक रुपमा एउटा विश्वसनीय संस्था बनाउने अभियानमा सहयोग गर्नुहोस् ।’ उपाध्यक्ष कंडेलले आर्थिक पारदर्शिताका लागि अभियान चलाउँदा गाली बेइज्जती सहनु परेको गुनासो गरे । उनले एनआरएनए युकेमाथि सम्मान रहेको जनाउदै संस्थालाई दुरुपयोग गरी समाजसेवाको नाममा पैसा कमाउनेलाई जनता माझ उभ्याई छाडने बताए ।

अर्का उपाध्यक्ष रामचन्द्र पोखरेलले एनआरएनए युके संस्थागत रुपमा चल्न नसकेको बताए । ’निर्वाचित भएपछि पटक पटक आफुहरुले बैठकमा राखेको आर्थिक पारदर्शिताका बिषयलाई कुनै वास्ता नगरिएकाले कानुनी प्रक्रियामा अघि बढनु परेको हो,’ उनले भने, ’आर्थिक पारदर्शिताको एजेण्डा बैठकमा राख्दा अध्यक्ष पुनम गुरुङ तल्लोस्तरमा ओर्लिएर गाली गलौज गरिन् ।’ उपाध्यक्ष पोखरेलले कार्यसमितिमा पर्याप्त छलफल गरि निर्णय लिने परिपाटी नरहेको जनाए । कार्यक्रममा उनले विवादको फेहरिस्त नै प्रस्तुत गरेका थिए ।

अर्का उपाध्यक्ष मोहन कार्कीले सदस्यता आवेदन गर्नेको प्रमाणीकरण समेत अध्यक्ष गुरुङले आफैसंग राखेर संस्था नियन्त्रणमा राख्न खोजेको आरोप लगाए ।

इंग्ल्याण्ड राज्य समन्वय परिषद् उपाध्यक्ष एलबीजेड गुरुङले संस्थापन पक्षले एनआरएनए युके भित्र आर्थिक पारदर्शिता अपनाउन आनाकानी गरि झुट र भ्रमको खेती गरिरहेको जनाए । त्यस्तै पूर्व उपाध्यक्ष शेर सुनारले एनआरएनए भित्रको आर्थिक घोटलामा संघका केन्द्रिय पदाधिकारी को समेत संरक्षण रहेको आरोप लगाउदै जवाफ माग गरेका थिए ।

एनआरएनए युकेका चारजना उपाध्यक्षहरुले संस्थापन पक्षले विधान विपरीत गठन गरेको आर्थिक अनियमितता छानविन समितिलाई आफुहरुले मान्यता नदिएको बताएका थिए । उनीहरुले आफैंले बनाएको छानविन समितिको प्रतिवेदनले आर्थिक अनियमितता देखाएपछि नैतिकताका आधारमा राजीनामा आउनु पर्ने पनि बताए ।

एनआरएनए युके भित्र आर्थिक अनियमितता बिषयको मुद्दा बेलायतको डार्टफोर्ड काउन्टी कोर्टमा विचाराधीन छ ।-जीएनएन

प्रतिक्रिया दिनुहोस
खिमलाललाई मत देउः माओवादी

काठमाडौं । नेकपा माओवादी केन्द्रले जेठ ६ गते हुने राष्ट्रिय सभा उपनिर्वाचनमा खिमलाल

नागरिक लगानी कोषको शेयर सस्तोमा किन्ने हो ? यस्तो छ माैका

काठमाडाैँ । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर

नेपाल लाइफद्वारा नयाँ जीवन बीमा योजना सार्वजनिक, १८–७० वर्षसम्मकाले बीमा गर्न सक्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षित जीवन बीमा योजनाको सफलतापश्चात् अझ परिस्कृत

अन्ततः चीनले क्रिप्टोकरेन्सीलाई स्वीकार्यो

एजेन्सी। अन्ततः यो दिन पनि आयो । विश्वको एउटा शक्तिशाली सरकारले क्रिप्टो मुद्रालाई

प्रकाशित मिति २०७७ बैशाख १ देखि