ग्लोबल आईएमई बैंकको नाफा उकालो तर्फ



काठमाडाै । ग्लोबल आईएमई बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। आज मंगलबार प्रकाशित विवरण अनुसार विवरण अनुसार बैंकको मुनाफा ३२ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ।


चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ३ अर्ब ५७ करोड ८२ लाख रुपैयाँ खुद मुनाफा हासिल गरेको छ। यो मुनाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३२.४० प्रतिशतले बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब ७० करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

बैंकको वितरणयोग्य मुनाफामा पनि बृद्धि भएको छ । बैंकको वितरणयोग्य मुनाफा बृद्धि भएर २ अर्ब ५६ करोड ४५ लाख रुपैयाँ पुगेको छ ।


यो अवधिमा बैंकको खुद ब्याज आम्दानीमा पनि वृद्धि आएको छ । अघिल्लो आर्थिक बर्ष यहि अवधिमा बैंकले ६ अर्ब ३३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यो बर्ष त्यो १४.४४ प्रतिशतले बढेर ६ अर्ब ८७ करोड रुपैयाँ पुगेको छ ।

बैंकको खुद ब्याज आम्दानीसंगै सञ्चालन मुनाफामा पनि भने बृद्धि भएको छ अघिल्लो बर्ष यहि अवधिमा संस्थाको सञ्चालन मुनाफा ३ अर्ब ७९ करोड रुपैयाँ रहेकोमा बैंकको सञ्चालन मुनाफा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३२.७५ प्रतिशतले वृद्धि भएर ५ अर्ब ३ करोड रुपैयाँ पुगेको छ ।


बैंकको खुद मुनाफा वृद्धि भएसँगै प्रतिसेयर आम्दानीमा पनि वृद्धि भएको छ । अघिल्लो बर्षको यहि अवधिमा बैंकको प्रतिसेयर आम्दानी १८ रुपैया ९९ पैसा रहेकोमा अहिले त्यो ३ रुपैयाँ ६ पैसाले बढेर २२ रुपैयाँ ५ पैसा पुगेको छ ।

बैंकको मूल्य आम्दानी अनुपात (पिई रेसियो) २०.४० गुणा रहको छ भने प्रतिसेयर नेटवर्थ १४८ रुपैयाँ ९२ पैसा रहेको छ ।

बैंकको चुक्ता पूँजी चैत मसान्तसम्ममा २१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ । त्यस्तै बैंकको जगेडा कोष ३.०६ प्रतिशतले घटेर ७ अर्ब ९२ करोड रुपैयाँ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
नेपाल लाइफद्वारा नयाँ जीवन बीमा योजना सार्वजनिक, १८–७० वर्षसम्मकाले बीमा गर्न सक्ने

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सुरक्षित जीवन बीमा योजनाको सफलतापश्चात् अझ परिस्कृत

सेयर बजारमा चमक, सात कम्पनीका लगानीकर्ता मालामाल

काठमाडाैँ । सेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से २७.४७ अंकले

उपत्यकामा जेठ १३ सम्म निषेधाज्ञा, अत्यावश्यक बाहेकका सबै सेवा बन्द

काठमाडाै । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा १५ दिन थपेको

बहुमतको सरकार गठन गर्न राष्ट्रपतिलाई तीन दलको आह्वान

काठमाडाैँ । प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि प्रधानमन्त्री केपी शर्मा ओली पदमुक्त भएसंगै विपक्षी

प्रकाशित मिति २०७७ बैशाख १ देखि