रिजर्भ बैंक अफ इन्डियाका गभर्नर राजनले आफ्नो कार्यकाल नबढाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

रिजर्भ बैंक अफ इन्डियाका गभर्नर राजनले आफ्नो कार्यकाल नबढाउने



150929093838_raghuram_rajan_624x351_afpमुम्बई।  रिजर्भ बैंक अफ इन्डियाका गभर्नर रघुराम राजनले आफ्नो कार्यकाल नबढाउने संकेत गरेका छन्। आगामी सेप्टेम्वरमा तीन वर्षे कार्यकाल सकिएपछि आफू फेरी शैक्षिक क्षेत्रमा फर्कने जानकारी दिंदै उनले आरबिआईका कर्मचारीलाई ‘फेयरवेल’ पत्र लेखेका हुन्।

उनले पत्रमार्फत केन्द्रिय बैंकमा दोस्रो टर्म नलिने जानकारी दिएका छन्। मनमोहन सिंह प्रधानमन्त्री हुँदा आरबिआईको गभर्नर बनेका राजन भारतको कर्पोरेट जगतमा निक्कै लोकप्रिय छन्। उनले आफ्नो तीन वर्षे कार्यकालमा भारतको मौद्रिक तथा बैंकिङ इतिहासलाई बदल्ने गरी काम गरे।

उनले यो तीन वर्षमा के काम भयो भन्ने फेहरिस्त पनि पत्रमार्फत सार्वजनिक गरेका छन्। उनले भारतीय मुद्राको स्थिरिकरण, मूल्य वृद्धिको नियन्त्रण, नयाँ बैंकिङ लाइसेन्स, भुक्तानी प्रणालीको विकास तथा मोवाइलदेखि मोवाइलमा भुक्तानीका लागि प्रणालीको विकास जस्ता काम यो तीन वर्षमा भएको बताए। त्यसैगरी खराब कर्जाको वर्गीकरण, त्यसका लागि नोक्सानी व्यवस्था र त्यस्तो कर्जा असुलीका लागि संयन्त्रको निर्माण पनि राजनको कार्यकालमा भयो।

भारतका प्रसिद्ध अर्थशास्त्री उनले केन्द्रिय बैंकको नेतृत्व लिएपछि गरेको सुधारबाट भारतीय अर्थव्यवस्था सुदृढ भएको मानिन्छ। भारतको कर्पोरेट जगत, विदेशी तथा स्वदेशी लगानीकर्ता तथा राजनीतिज्ञ केन्द्रिय बैंकमा उनको दोस्रो कार्यकाल हुनुपर्ने पक्षमा छन्।

तर सरकारको नेतृत्व गरिरहेको भारतीय जनता पार्टीका एक नेता सुव्रमण्यम स्वामी भने राजनलाई दोस्रो कार्यकाल दिन नहुने पक्षमा लविङ गरिरहेका छन्। उनको लविङपछि भारतमा राजनको विषयालई लिएर बहस भैरहेको छ। राजनले गभर्नरबाट अवकाश लिएपछि फेरी अमेरिकाको युनिभर्सिटी अफ सिकागोमा फर्किने बताएका छन्।

उनले अवकाश लिन लागेपछि भारतमा विपक्षी दलले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारको कडा आलोचना गरेका छन्।बिबिसी हिन्दीको सहयोगमा

प्रकाशित : ५ असार २०७३, आईतवार ०४:४९