निशेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

निशेधाज्ञा अवधिभर सुन आयात र वितरण प्रभावित हुने



काठमाडौं । कोरोना महामारिका कारण काठमाडौं उपत्यका लगायत मुलुकका विभिन्न प्रमूख शहरहरुमा जारी निशेधाज्ञाका कारण सुन आयात प्रभावित हुने भएको छ ।

सरकारले निशेधज्ञा जारी गरेको हुनाले निशेधाज्ञा जारी रहेका स्थानमा सुनको कारोबार पनि हुन नसक्ने र यस्तो अवस्थामा बैंकहरुले सुरक्षाको कारण देखाउँदै सुन आयात गर्न अप्ठ्यारो हुने जनाएकोले पनि सुन आयात हुन कठीनाई हुने भएको हो ।


नेपाल सनुचाँदी ब्यवसायी महासंघले निशेधाज्ञा अवधिभर महासंघको कार्यालय बन्द गर्ने निर्णय गरिसकेको छ । यद्यपी केही जिल्लामा कारोबार सुचारु रहेकोले महासंघले सुनको दरभाउ भने तोक्दै आएको महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले बताए ।

उनले अधिकांस स्थानको ब्यवसाय नै बन्द रहेको र ग्राहक पनि पसलसम्म जानसक्ने अवस्था नरहेकोले अहिले धेरै जसे ठाउँमा बन्द रहेको र ग्राहकहरु पनि पसलसम्म जान सक्ने अवस्था नरहेको र मोफसलका केही जिल्ला र शहरहरु मात्र खुलेको हुनाले दैनिक २० किलो सुन ल्याउन आवश्यक नदेखिएको बताए ।

अहिले रोकिएको सुनको आयातलाई ब्यवसाय सुचारु भएपछि निरन्तरता दिँदा अहिले रोकिएको समेत गरी थप सुन ब्यवसायीकै हातमा पर्न जान्छ । तर अहिले पनि पहिला जसरी दैनिक २० केजीका दरले नै सुन वितरण गर्दा सिमित ब्यक्तिको हातमा त्यो सुन पर्ने तर वास्तविक ब्यवसायी र उपभोक्ताले त्यो नपाउने अवस्था आउन सक्ने आशंका ब्यवसायीहरुको छ ।


महासंघका प्रवक्ता मनोज कुमार शाहले कारोबार सुचारु रहेका जिल्लाहरुकालागि स्थानियस्तरमा नै सुनको विक्री वितरणको ब्यवस्था मिलाउन बैंकर्स एशोसिएशन सँग आग्रह गरिएको बताए । यसकालागि ब्यवसायी र बैंकर्स एशोसिएसनवीच आवश्यक परामर्श भैरहेको उनको भनाई छ । कारोबार सुचारु रहेका स्थानमा बिशेष स्वास्थ्य सुरक्षा अपनाएर कारोबार गर्न समेत उनले ब्यवासयीहरुलाई आग्रह गरे ।


विगतमा पनि बन्दको वेला सुन आयात गरिँदा त्यो सुन वास्तविक ब्यवसायी र ग्राहकले उपभोग गर्न नपाएको आशंका गरिएको थियो । गत बर्षको बन्दमा भण्डै ५०० किलो सुन बैंकमा थुप्रिय पनि बन्द खुलेको केही दिनमा नै उक्त सुन सकिएको थियो । तर त्यो सुन कहाँ गयो भन्ने तथ्याङ महासंघ संग नै छैन । यसर्थ फेरी पनि त्यसरी सुन गायव नओस भन्नेतर्फ महासंघ सचेत बनेको छ ।

सामान्यतया बैंकहरुवाट आयात हुनजे सुन १५ दिन पछि ब्यवसायीको सिफरिस विना नै बैंकहरुले विक्री गर्ने गरेको र सो को तथ्याङ मागगर्दा महासंघलाई तथ्याङक नै प्राप्त नभएको यसरी विक्री गरिँदा त्यस्तो सुन सिमित ब्यक्तिको मात्र हातमा पर्न सक्ने हुनाले यसतर्फ सचेत हुनुपर्ने आवश्यकता रहेको महासंघले जनाएको छ ।


सरकारले निशेधाज्ञागरी बन्द गरेको यस्तो महामारिको अवस्थामा पनि जति सुन ल्याएपनि हामी उठाउँछौं भन्ने जस्ता अभिब्यक्ती आउनुलाई चलखेलकै रुपमा लिन सकिन्छ ।

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार १८:०९