बैंक तथा वित्तीय संस्थालाई एक चौथाइ कर्मचारी राखेर सेवा दिन सीसीएमसीको निर्देशन, सहकारी बारे माैन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

बैंक तथा वित्तीय संस्थालाई एक चौथाइ कर्मचारी राखेर सेवा दिन सीसीएमसीको निर्देशन, सहकारी बारे माैन



काठमाडौँ । कोभिड १९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी)ले बैंक तथा वित्तीय संस्थाहरुलाई एक चौथाइ कर्मचारी मात्रै राखेर सेवा प्रदान गर्न गराउन निर्देशन दिएको छ ।

शुक्रबार बसेको सीसीएमसीको बैठकले दोस्रो लहरको कोरोना संक्रमण तीव्र बनेकाले यस्तो निर्णय गरेको हो ।

त्यस्तै, बैठकले हाल ३५ वटा सीमानाका सञ्चालनमा रहेकोमा अब १३ वटा सीमा नाकाहरु सञ्चालन गर्न मन्त्रिपरिषद समक्ष सिफारिस गरेको छ ।

जसमा काकारभिट्टा, गौर, वीरगञ्ज, बेलैया, कृष्णनगर, जमुना, पुलघाट, झुमाघाट, गौरी फट्टा, गड्डाचौकी रहेका छन् ।

त्यस्तै, होटल क्वारेन्टाइन नमान्नेलाई जरीवाना गर्ने पनि बैठकले निर्णय गरेको छ । यस्तै संविधानले तीन खम्बा मध्य एक सबल खम्बा मानेको सहकारी संस्थाको हकमा भने सरकारले केही बोलेको छैन ।

बैंक नपुगेका र बैंक भन्दा सहज रुपमा वित्तिय सेवा दिइरहेका सहकारीहरु भने यो बेला जोखिम मोलेर सदस्य सेवामा छन् । अधिकांश सहकारीले समय र सम्पर्क व्यक्ति तोकेर सेवा दिइरहेका छन् । बिहानदेखि बेलुकासम्मको कुनै समयावधि तोकेर सहकारीले अत्यावश्यक सेवा दिइरहेका छन् ।

प्रकाशित : १७ बैशाख २०७८, शुक्रबार १९:५१