प्रधानमन्त्री ओलीले क्युआर कोडमार्फत् नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा खाता खोले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

प्रधानमन्त्री ओलीले क्युआर कोडमार्फत् नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा खाता खोले



काठमाडौं । थप सेवा सुविधासहित नागरिक एप आइतबार औपचारिक शुभारम्भ गरिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा क्युआर कोडमार्फत् बैंक खाता खोलेर नागरिक एपको उदघाटन गरे ।

प्रधानमन्त्री ओलीले नेपाल बैंक लिमिटेड र सिद्धार्थ बैंकमा खाता खोलेको जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले खाता खोल्नेवित्तिकै खाता नम्बर प्राप्त भएको बताए ।


राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा सञ्चार मन्त्रालयले भर्चुअल रुपमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले नागरिक एपबाट बैंक खाता खोल्न सकिने, सवारी कर तिर्ने र पुलिस रिपोर्ट प्राप्त गर्न सकिने बताए ।

प्रकाशित : १९ बैशाख २०७८, आईतवार १३:४५