सोमबार देखि निषेधाज्ञालाई थप कडाइ गरिने , उपत्यकाको हकमा साँझ पसल खोल्न नपाइने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

सोमबार देखि निषेधाज्ञालाई थप कडाइ गरिने , उपत्यकाको हकमा साँझ पसल खोल्न नपाइने



काठमाडाैँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार देखि निषेधाज्ञालाई थप कडाइ गर्ने भएको छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सोमबारदेखि लागू हुने गरी उपत्यकाको हकमा साँझ पसल खोल्न नदिने विषयमा छलफल भएको अर्थ बजार डटकमलाई जानकारी दिए । 


निषेधाज्ञामा अनुगमनलाई तीव्र बनाउने र पसलहरु बिहान मात्रै खुल्ने दिने र साँझ नदिने विषयमा छलफल भएको पराजुलीले जनाए ।


उनका अनुसार सरकारी कार्यालयमा पनि कर्मचारीको न्यून उपस्थिति होस् भन्ने उद्देश्यले सीमित सङ्ख्यामा कर्मचारी राखेर काम गर्ने विषयमा पनि छलफल भएको छ ।


त्यसका साथै बैङ्क तथा वित्तीय संस्थामा पनि सीमित कर्मचारीबाटै सेवा प्रवाह गर्ने विषयमा निर्णय भएको छ । पराजुलीले  निषेधाज्ञा कडाइ पार्नका लागि अनुगमन पनि तीव्र पारिने  जानकारी दिए । 

प्रकाशित : १९ बैशाख २०७८, आईतवार १९:५९