रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाशुल्क १३१.४२ प्रतिशतले बढ्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

रिलायन्स लाइफ इन्स्योरेन्सको बीमाशुल्क १३१.४२ प्रतिशतले बढ्यो



काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीले ६ करोड ५८ लाख ६६ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो नाफा ७.२८ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ६ करोड १३ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

सो अवधिसम्म कम्पनीको खुद बीमाशुल्क १३१.४२ प्रतिशतले बढेर १ अर्ब ८४ करोड ४९ लाख २७ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ७९ करोड ७१ लाख ९४ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो ।

२ अर्ब १० करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा २० करोड ५७ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको प्रतिसेयर आम्दानी ४ रुपैयाँ १८ पैसा रहेको छ भने प्रति सेयर नेटवर्थ ११० रुपैयाँ ८८ पैसा रहेको छ ।

प्रकाशित : २० बैशाख २०७८, सोमबार १२:५४