भ्याट बुझाउने म्याद थप्न सवारी व्यवसायीको माग



काठमाडौं । भ्याट बुझाउने म्याद थप्न सवारी व्यवसायीले आग्रह गरेका छन् । नाडा अटो मोबाइल्स एशोसिएशन अफ नेपालले व्यवसायीहरुसँग छलफल गरेर आन्तरिक राजस्व विभागसँग यस्तो आग्रह गरेको हो ।

हाल कोभिड–१९को नयाँ भेरियन्ट देखा परेको र संक्रमण नियन्त्रणका लागि सरकारले गरेको निषेधाज्ञाका कारण २५ वैशाखसम्म रहेको म्याद थप गर्नुपर्ने एशोसिएशनका अध्यक्ष कृष्णप्रसाद दुलालले जनाएका छन् ।

‘व्यवसायीहरुले आन्तरिक राजस्व विभागमा मूल्य अभिबृद्धि कर विवरण एवं कर रकम बुझाउन सक्ने अवस्था नरहेको र स्वास्थ रक्षाको दृष्ट्रिकोणले पनि व्यवसायीहरु आफनो कार्यालयमा जान सक्ने अवस्था नरहेकोले म्याद थप्न आग्रह गरिएको उनले जानकारी गराएका छन् ।

‘निषेधाज्ञा हटाएको मितिबाट एक हप्तासम्म कर तथा अन्य आवश्यक कागजातहरु बुझाउन सकिने व्यवस्थाका लागि सरकारसंग हार्दिक अनुरोध गर्दछ,’ एक विज्ञप्तीमा उनले भनेका छन् ।

त्यसैगरी अटोमोवाइल व्यवसायीले आफ्ना अटोमोवाइल वर्कशपमा रहेका अक्सिजन सिलिण्डर अक्सिजन निर्माण उद्योगलाई नै फिर्ता गर्न पनि एशोसिएशनले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस
अन्तर्राष्ट्रिय उडान खोल्ने मन्त्रिपरिषद् बैठकको निर्णय,यस्तो छ कारण

काठमाडौँ । नेपाल सरकारले कतार र ग्वान्जाउमा हवाई उडान खोल्ने निर्णय गरेको छ

कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारलाई निःशुल्क उपचार

काठमाडौ । कोरोना सङ्क्रमित गरीब तथा विपन्न परिवारका लागि लायन्स क्लब अफ काठमाडौँ

सर्वोच्च अदालतले जोगायो जसपाका चार सांसदको पद

काठमाडाैं ।जनता समाजवादी दल (जसपा) लुम्बिनी प्रदेशका चार सांसदलाई कारबाही गर्ने निर्णय तत्काल

मुलुक अप्ठ्यारोमा पर्दा महासंघले सधै अग्रभागमा रहेर सेवा दिएको छ : अध्यक्ष गोल्छा

काठमाडाैं । एफएनसीसीआई अपरेशन कोभिड रिलिफ नेपाल अभियानअन्तर्गत सञ्चालित सबै कार्यक्रमहरूबाट ठूलो संख्यामा

प्रकाशित मिति २०७७ बैशाख १ देखि