कोका—कोलाद्वारा नेपालमा कोभिड—१९ को प्रभावको सामना गर्न “स्टप द स्प्रेड” सुरु गरेर सहयोग पुर्याउँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

कोका—कोलाद्वारा नेपालमा कोभिड—१९ को प्रभावको सामना गर्न “स्टप द स्प्रेड” सुरु गरेर सहयोग पुर्याउँदै



काठमाडौँ । कोरोना भाइरसको दोस्रो वेभको विनाशबाट राहत दिन राष्ट्रव्यापी प्रयासहरू तीव्र भएकाले नेपालमा कोका—कोलाले यो सङ्कटको सामना गर्नका निम्ति राष्ट्रको प्रयासलाई सहयोग पुर्याउन र फैलिएको महामारीलाई रोक्न रु २.४ करोड दिने प्रतिबद्धता व्यक्त गरेको छ ।


नेपालमा कोका–कोलाले खोप अभियानहरुमा समुदायलाई सहयोग गरी सुरक्षा सामग्रीहरू (उदाहरणका लागि पिपिई, मास्क, ग्लोब, सेनिटाइजरहरु आदि) प्रदान गर्नेछ र खोप तथा स्वच्छता अभ्यासलाई प्रवर्द्धन गर्न देशभरि जागरूकता फैलाउने प्रयास गर्नेछ । 


कोभिड १९ को महामारीको रोकथामको समर्थनमा कोका–कोला कम्पनीले विश्वव्यापी रूपमा एक विशेष “स्टप द स्प्रेड” कोषको सिर्जना गरेको छ । यो कोषले खोप वितरण गर्न, कोभिड सुरक्षा किट (पिपिई, मास्क, ग्लोब, स्यानिटाइजर) प्रदान गर्न र खोप र स्यानिटरी प्राक्टिसेजको जागरूकता सिर्जना गरी महामारीको प्रयासलाई नियन्त्रण गर्न सहजीकरण गर्नेछ । 

प्रकाशित : २० बैशाख २०७८, सोमबार २१:१८