मध्य भोटेकोशी जलविद्युतको आइपिओ आज देखि,कहाँ बाट दिने आवेदन ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

मध्य भोटेकोशी जलविद्युतको आइपिओ आज देखि,कहाँ बाट दिने आवेदन ?



काठमाडाै । मध्य भोटेकोशी जलविद्युत कम्पनीले आज बैशाख २१ गतेदेखि आयोजना प्रभावित स्थानीय वासिन्दाको लागि आईपिओ निष्काशन बिक्रि खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित स्थानीयलाइ ६० करोड बराबरको ६० लाख कित्ता शेयर निष्काशन गरेको हो।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाका बासिन्दाको लागि कुल जारी पूँजी रु.६ अर्बको १०% अर्थात् रु.६० करोड बराबरको ६० लाख कित्ता निष्काशन गर्न लागेको हो। जस मध्ये सिन्धुपाल्चोक जिल्लाको आयोजना प्रभावित क्षेत्र भोटेकोशी गाउँपालिका वडा नं. १ र ५ (साविक लिस्ती गा.वि.स. र साविक मार्मिङ गा.वि.स.), बाह्रबिसे नगरपालिका वडा नं. ५ र ६ (साविक गाती गा.वि.स.) तथा बाह्रबिसे नगरपालिका वडा नं. ७ र ८ (साविक घुम्थाङ्ग गा.वि.स. र साविक मानेश्वरा गा.वि.स.) मा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागि ३०% ले हुन आउने १८ लाख कित्ता साधारण शेयर र माथि उल्लेखित आयोजनाबाट प्रभावित क्षेत्र बाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा स्थायी बसोबास गर्ने बासिन्दाहरुको लागिे ७०% ले हुन आउने ४२ लाख कित्ता साधारण शेयर निष्काशन हुने छ ।

यस आईपिओमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ४ सय कित्तासम्मको लागि दिन सकिने छ । आईपिओमा छिटोमा जेठ ४ गतेसम्म र सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेमा जेठ २० गते सम्म आवेदन दिन सकिने छ।

शेयरको लागि आवेदन दिँदा निम्न कागजातहरू पेश गर्नु पर्ने छ

क. सिन्धुपाल्चोक जिल्लाबाट जारी भएको नागरिकता प्रमाणपत्र लिने आवेदकको हकमा

१. आयोजना प्रभावित क्षेत्रको बासिन्दा भएको प्रमाणित हुने नागरिकता प्रमाणपत्रको प्रतिलिपि (प्रतिलिपिमा स्वयंले दस्तखत गरेको हुनुपर्ने) ।

२. नाबालकको हकमा जन्म दर्ता प्रमाणपत्र तथा संरक्षकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ।

ख. अन्य जिल्लाबाट स्थानीय बासिन्दाको रुपमा आयोजना प्रभावित क्षेत्र/सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने आवेदकको हकमा

१. अन्य जिल्लाबाट सिन्धुपाल्चोक जिल्लामा विवाह सम्बन्ध कायम भई आउने महिलाको हकमा निजको नागरिकता प्रमाणपत्र र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपि (विवाह दर्ता प्रमाणपत्रमा निजको पति सिन्धुपाल्चोक जिल्लाको बासिन्दा रहेको व्यहोरा खुल्नुपर्ने वा निजको पतिले सिन्धुपाल्चोक जिल्लाबाट लिएको नागरिकता नम्बर उल्लेख भएको हुनुपर्ने) ।

२. अन्य जिल्लाबाट सिन्धुपाल्चोक जिल्लामा बसाई सराई गरी आउनेको हकमा आह्वानपत्र प्रकाशन (आह्वानपत्र प्रकाशन भएको मिति २०७८।०१।१३ गते) हुनुभन्दा अगावै बसाई सराई गरी आएको प्रमाण खुल्ने स्थानीय तहले लेखेको पत्र र नागरिकता प्रमाणपत्रको प्रतिलिपि ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरु तथा सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बस्ने बासिन्दाहरुले यस निष्काशनमा आवेदन दिन हितग्राही खाता आवश्यक नभए पनि हितग्राही खाता खोलेमा शेयरको लागि आवेदन गर्न सहज हुने र भविष्यमा निष्काशन हुने अन्य कुनै पनि कम्पनीको शेयर आवेदन गर्न सकिने भएकोले यथासक्य छिटो आफूलाई पायक पनि कुनै पनि आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरुमा गई हितग्राही खाता खोली आफूलाई शेयर आवेदन गर्न पाउने हकबाट वञ्चित नगर्न कम्पनीले आग्रह गरेको छ ।

काठमाडौँमा रहेका सिन्धुपाल्चोकवासीलाई काठमाडौँबाट समेत आवेदन दिन सक्ने ब्यबस्था कम्पनीले गरेको छ ।

यी हुन् आवेदन दिन सकिने संकलन केन्द्र :

(क) सिन्धुपाल्चोक जिल्लाभित्र:

१. ग्लोबल आइएमई बैंक लिमिटेड, साँगाचोकगढी न.पा. ५, चौतारा ।

२. ग्लोबल आइएमई बैंक लिमिटेड, बाह्रबिसे न.पा.९, बाह्रबिसे ।

३. लक्ष्मी बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. ५,चौतारा ।

४. लक्ष्मी बैंक लिमिटेड, लिसंखुपाखर गा.पा. ७, ठुलोपाखर ।

५. लक्ष्मी बैंक लिमिटेड, सुनकोशी गा.पा. ७, खाडीचौर बजार ।

६. लक्ष्मी बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।

७. मेगा बैंक नेपाल लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. ६, चौतारा ।

८. मेगा बैंक नेपाल लिमिटेड, हेलम्बु गा.पा. २, हेलम्बु ।

९. मेगा बैंक नेपाल लिमिटेड, इन्द्रावती गा.पा. ४, इन्द्रावती ।

१०. मेगा बैंक नेपाल लिमिटेड, पाँचपोखरी थनपाल गा.पा. ६, पाँचपोखरी ।

११. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., बाह्रबिसे न.पा. ६, बाह्रबिसे ।

१२. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., चौतारा साँगाचोकगढी न.पा. ८, चौतारा ।

१३. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि., जुगल गा.पा. ५, जुगल ।

१४. सिन्धु विकास बैंक लिमिटेड, बाह्रबिसे न.पा. ८, बाह्रबिसे ।

१५. सिन्धु विकास बैंक लिमिटेड, बलेफी गा.पा. ७, खाडीचौर ।

१६. सिन्धु विकास बैंक लिमिटेड, बलेफी गा.पा. १, जलवीरे ।

१७. सिन्धु विकास बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा १०, सुकुटे ।

१८. सिन्धु विकास बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा ५, चौतारा ।

१९. सिन्धु विकास बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।

२०. सिन्धु विकास बैंक लिमिटेड, सुनकोशी गा.पा. १, ठोकर्पा ।

२१. सिन्धु विकास बैंक लिमिटेड, लिसखुंपाखर गा.पा. ५, मुढे, ।

२२. सिन्धु विकास बैंक लिमिटेड, लिसखुंपाखर गा.पा. ५, सिलढुंगा ।

२३. नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड, त्रिपुरासुन्दरी गा.पा. ४, पिसकर ।

२४. सिभिल बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।

२५. सिभिल बैंक लिमिटेड, बाह्रबिसे न.पा. ४, बाह्रबिसे ।

२६. प्रभु बैंक लिमिटेड, बाह्रबिसे न.पा. ९, बाह्रबिसे ।

२७. नेपाल बंगलादेश बैंक लिमिटेड, भोटेकोशी गा.पा. ४, तातोपानी ।

२८. नेपाल बंगलादेश बैंक लिमिटेड, बाह्रबिसे न.पा. ९, बाह्रबिसे ।

२९. कुमारी बैंक लिमिटेड, मेलम्ची न.पा. ११, मेलम्ची ।

३०. कुमारी बैंक लिमिटेड, बलेफी गा.पा. १, जलवीरे ।

३१. कुमारी बैंक लिमिटेड, चौतारा साँगाचोकगढी न.पा. १०, चौतारा ।

३२. बैंक अफ काठमाण्डू लिमिटेड, सुनकोशी गा.पा. ३, तातोपानी ।

३३. एनआईसी एशिया बैंक लिमिटेड, बलेफी गा.पा. ७, खाडीचौर ।

३४. एनआईसी एशिया बैंक लिमिटेड, बलेफी गा.पा. ५, बलेफी बजार ।

३५. माछापुछ्रे बैंक लि., तातोपानी, सिन्धुपाल्चोक । (प्रस्तावित)

३६. महालक्ष्मी विकास बैंक लि., खाडीचौर, सिन्धुपाल्चोक । (प्रस्तावित)

काठमाण्डौं उपत्यकाभित्र*:

१. ग्लोबल आइएमई क्यापीटल लि., नक्साल, काठमाण्डौं ।

२. एनआइविएल एस क्यापिटल लि., लाजिम्पाट, काठमाण्डौ. ।

३. प्रभु क्यापिटल लि., कमलादी, काठमाण्डौं ।

४. सानिमा क्यापिटल लि., पुतलीसडक, काठमाण्डौं ।

५. लक्ष्मी क्यापिटल मार्केट लि., नयाँ बानेश्वर, काठमाण्डौं ।

६. सिभिल क्यापिटल मार्केट लि., सुन्धारा, काठमाण्डौं ।

७. सिविआइएल क्यापिटल लि., डिल्लीबजार, काठमाण्डौं ।

  • उपरोक्त संकलन केन्द्रहरुमा चेकमात्र बुझिलिने व्यवस्था गरिएको छ ।

साथै नेपाल धितोपत्र बोर्डबाट मिति २०७५।१०।०७ को निर्देशन बमोजिम आयोजना प्रभावित क्षेत्रका स्थानियबासीहरुले ऐच्छिक रुपमा आस्वा प्रणाली मार्फतसमेत आवेदन दिन सक्नेछन् ।

आयोजना निर्माणको क्रममा बिभिन्न प्राकृतिक प्रकोप लगायतका कारणहरुले आयोजना निर्माण अवधि थप गरिए अनुरुप उक्त ऋण संझौताको अवधि पनि थप गर्न कर्मचारी सञ्चयकोष, चिलिमे जलविद्युत कम्पनी र मध्य भोटेकोशी जलविद्युत कम्पनी लि। बीच दिर्घकालिन कर्जा लिने दिने सम्वन्धमा मिति २०६८ मंसिर २२ गतेको त्रिपक्षीय ऋण संझौतामा संशोधन गर्न मिति २०७७ साउन १४ मा भएको पुरक ऋण संझौता बमोजिम साविकको ऋण रकमलाई दिर्घकालिन कर्जा–१ नामांकन गरी आयोजनाको संशोधित लागतअनुसार आवश्यक पर्ने थप कर्जा रकम रु.२ अर्ब ७४ करोड ६९ लाख ९० हजारलाई दिर्घकालिन कर्जा–२ को सिमा कायम गरी कुल रु. ८ अर्ब ८८ करोड ८६ लाख ४० हजार रकम बराबरको दिर्घकालिन कर्जाको व्यवस्थाको लागि ऋण सम्झौता सम्पन्न भएको छ ।

उक्त ऋण सम्झौता बमोजिम कोषबाट प्रवाह हुने दीर्घकालीन कर्जाको साँवा, ब्याज, हर्जाना, शुल्क र अन्य खर्चसमेतको सम्पूर्ण रकम तिर्ने अवधि अधिकतम १० (दश) बर्षको निर्माण अवधिसहित अधिकतम २० (बीस) बर्षको कायम भएको र कर्जाको अवधि कर्जा प्रवाह (Mobilization Advance समेत) शुरु भएको मितिबाट गणना हुने व्यवस्था गरिएको छ । निर्माण अवधि पश्चात कर्जाको प्रथम किस्ता प्रारम्भ भएको मितिबाट दीर्घकालीन कर्जा–१ को हकमा १० (दश) बर्ष र दीर्घकालीन कर्जा–२ को हकमा अधिकतम ५ (पाँच) बर्ष कायम भएको छ । यसरी हाल आयोजना निर्माणका लागि आवश्यक पर्ने स्वपूँजी र ऋण पूँजीको अनुपात ४१:५९ रहेको छ ।

कम्पनीको जारी पूँजीको ५१ प्रतिशत शेयर स्वामित्व संस्थापक शेयरधनीहरु (श्री नेपाल विद्युत प्राधिकरण–१०%, चिलिमे जलविद्युत कम्पनी लिमिटेड–३७%, सिन्धुपाल्चोक हाइड्रोपावर कं. लि.–१%, नेपाल अरनिको हाइड्रोपावर कम्पनी लि.–१%, सिन्धु इन्भेष्टमेण्ट कम्पनी प्रा.लि.–१% र सिन्धु भोटेकोशी हाइड्रोपावर लि.–१%) रहेको छ भने ४९% सर्वसाधारण शेयरधनी समुह (कर्मचारी सञ्चय कोषका सञ्चयकर्ता कर्मचारी– १९.५%, संस्थापक संगठित संस्थाका कर्मचारी–३.५%, ऋणदाता संस्थाका कर्मचारी–१%, सिन्धुपाल्चोक जिल्लाका स्थानीय–१०% र सर्वसाधारण–१५%) का लागि छुट्याइएको छ ।

यसरी सर्वसाधारण समुहका लागि छुट्याइएको शेयरको निष्काशन तथा विक्री वितरण गर्न ग्लोबल आई.एम.ई. क्यापिल लि.लाई निष्काशन तथा बिक्री प्रबन्धक र प्रभु क्यापिटल लि., एनआईबिएल एस. क्यापिटल लि., लक्ष्मी क्यापिटल मार्केट लि., सिभिल क्यापिटल मार्केट लि., सानिमा क्यापिटल लि. र सिबिआएल क्यापिटल लि.लाई सह–निष्काशन तथा विक्री प्रबन्धकमा मिति २०७४।०१।२१ मा सम्झौता गरी नियुक्ति गरिएको थियो ।

कम्पनीले आयोजना निर्माणको लागि आवश्यक पूँजी व्यवस्थापनको निमित्त प्रबन्धपत्रमा व्यवस्था भएनुसार संस्थापक शेयर धनी संस्थालाई कुल जारी शेयर पूँजीबाट छुट्टाइएको ५१% ले हुन आउने ३ करोड ६ लाख कित्ता शेयर बापत रु.३ अर्ब ६ करोड रकम आ.ब. २०७४।७५ सम्ममा शत प्रतिशत असुल भई साधारण शेयर तर्फ छुट्टाइएको ४९% मध्ये प्रथम चरणमा कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारीहरु, संस्थापक शेयरधनी संस्थाका कर्मचारीहरु तथा ऋणदाता संस्था (कर्मचारी संचयकोष)का कर्मचारीहरूको लागि कुल जारी पूँजीको २४% ले हुन आउने १ करोड ४४ लाख कित्ता शेयर आ.व. २०७५।७६ मा निष्काशन गरी उक्त शेयर बापत रु.१ अर्ब ४४ करोड रकम संकलन भइसकेको । उक्त प्रथम चरणको शेयर निष्काशनबाट १४८,८२९ जना साधारण शेयरधनी कायम भएको छ ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलवार ०९:२७