अर्घाखाँची सिमेन्टले प्रतिदिन ६० हजार बोरा उत्पादन गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

अर्घाखाँची सिमेन्टले प्रतिदिन ६० हजार बोरा उत्पादन गर्ने



काठमाडौं। अर्घाखाँची सिमेन्टले आफ्नो उत्पादन सुरु गरेको डेढ वर्षमा नै नेपालमा अग्रणी सिमेन्ट कम्पनीको रुपमा पहिचान बनाउन सफल भएको छ। निकै छोटो अवधिमा उचाई छुन सफल भएको उपलक्ष्यमा सफलताको बर्ष नामको कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा अर्घाखाँची सिमेन्टका प्रमोटर ग्रुप, डिलर, ईन्जिनियरहरु, कन्ट्रयाक्टर लगायत अन्य सरकारी निकायका वरिष्ठ व्यक्तिहरुक साथै अर्घाखाँची सिमेन्टका ब्राण्ड एम्वेस्डर तथा नेपाल र भारतमा समेत लोकप्रिय तथा चर्चित वरिष्ठ कलाकार सुनिल थापाको पनि उपस्थिती रहेको थियो।
अर्घाखाँची सिमेन्ट एउटै मिलबाट सबैभन्दा धेरै ओ.पि.सि.सिमेन्ट उत्पादन गर्ने नेपालका ठूला कम्पनीहरु मध्ये एक हो। भैरहवाको मैनहीया गाविसमा अवस्थित यो सिमेन्ट उद्योग आफ्नै चुनढुङ्गा खानी भएको सम्भवतः नेपालकै सबैभन्दा ठूलो ओ.पि.सि. सिमेन्ट कम्पनी हो जसले आफैं उच्चस्तरिय क्लिंकर र ओपिसि सिमेन्ट उत्पादन गरिरहेको छ। हाल कम्पनीले दैनिक १२ सय मेट्रिक टन सिमेन्ट (२४ हजार बोरा) उत्पादन गर्दै आएको छ। यस कम्पनीमा सिमेन्ट उत्पादनको क्षेत्रमा विगत लामो समय देखि अनुभव हासिल गरेका सिद्धार्थ ग्रुप, मुरारका अर्गनाइजेसन, केडिया अर्गनाइजेसन र उमा सिमेन्ट इन्टरनेशनल (भारत) उद्योगका जस्ता अनुभवी र प्रख्यात व्यावसायीक घरानाहरुको संलग्नता रहेको छ।
रुपन्देहीको मैनहीयामा रहेको उद्योगमार्फत उच्चस्तरीय क्लिंकर र ओ.पि.सि. सिमेन्टको उत्पादन गरेर मुलुकलाई सिमेन्ट उत्पादनमा आत्मनिर्भर बनाउने उद्धेश्य रहेको अर्घाखाँची सिमेन्टका तर्फबाट बताइएको छ। नेपालमा सबैभन्दा गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने कम्पनीको रुपमा परिचित अर्घाखाँची सिमेन्ट नेपालभरका प्रयोगकर्ताहरुको नं १ रोजाइ बन्न सफल भएको दावी कम्पनीको छ। अर्घाखाँचीको खाँचीकोटको चुनढुङ्गा नेपालकै सबैभन्दा उत्कृष्ट भनेर चिनिन्छ र त्यहि चुनढुङ्गा प्रयोग गरि यस उद्योगले सिमेन्ट उत्पादन गरिरहेको छ।
अर्घाखाँचीमा रहेको ७.४८ हेक्टर क्षेत्रफलमा फैलिएको चुनढुङ्गा खानीबाट ल्याइएको चुनढुङ्गासँगै बक्साइट, आइरन ओर र रेड क्ले लगायतका कच्चा पदार्थहरु उत्पादन प्रकृयामा लानुभन्दा पहिले आफ्नै कारखानामा रहेको अत्याधुनिक ल्याबमा परिक्षण गरि अत्याधुनिक मेशिनद्वारा उच्चस्तरिय उत्पादन गरिन्छ। वातावरण मैत्री प्रविधि प्रयोग गरेर सिमेन्ट उत्पादन गर्ने सिमित सिमेन्ट कम्पनीहरु मध्ये अग्रपंतिमा अर्घाखाँची सिमेन्ट रहेको दावी कम्पनीको छ।
कम्पनीका निर्देशक तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले भन्नुभयो,“आफ्नो स्थापनाको छोटो समयमा अर्घाखाँची सिमेन्टले असम्भवलाई सम्भव बनाएको छ । थोरै समयमा नै आफ्नो गुणस्तरीय सिमेन्टले थुप्रै उपभोक्ताको मन जित्दै अपुरणीय सफल प्राप्त गरेको छ र देशकै नंबर एक सिमेन्ट बन्ने यात्रामा शिखर तर्फ लम्कँदै छ। कम्पनीले आगामी दिनमा प्रति दिन ६० हजार बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य राखेको छ। कम्पनीको यो लक्ष्य (१.५) डेढ वर्ष भित्र पुरा गर्ने संकल्प गरेको छ। हामी हाम्रा सम्पूर्ण आदरणीय ग्राहकहरुप्रति उहाँहरुले देखाउनु भएको असीमित विश्वासका लागि धन्यवाद दिन चाहन्छौ।”

प्रकाशित : ६ असार २०७३, सोमबार ०३:१५