उपत्यकामा आज यी स्थानमा खुल्छन ग्लोबल आइएमई बैंकका शाखा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

उपत्यकामा आज यी स्थानमा खुल्छन ग्लोबल आइएमई बैंकका शाखा



काठमाडाै । ग्लोबल आईएमई बैंकले उपत्यकाका तीन जिल्लामा ३४ वटा शाखा कार्यालयबाट सेवा दिने भएको छ ।

बैंकले काठमाडौंका २८, ललितपुरका ५ र भक्तपुरको १ सहित ३४ वटा शाखा कार्यालयबाट सेवा दिने भएको छ ।

कोरोना भाइरसका कारण सरकारले गरेको निषेधाज्ञासँगै बैंकले कार्यालय खोल्ने समय पनि घटाएको छ । मंगलबार १० देखि २ बजेसम्म मात्रै बैंकका यी शाखा खुल्ने छन् ।

बैंकले प्रत्येक शाखाका सम्पर्क व्यक्तिको फोन नम्बर समेत सूचनामा उल्लेख गरेको छ । कोही सेवाग्राहीलाई कुनै समस्या परेको खण्डमा बैंकले तोकेको सम्पर्क व्यक्तिलाई सम्पर्क गर्न समेत सकिने छ ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलवार ०९:५२