राप्ती हाइड्रोले आइपि‌‌ओ ल्याउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

राप्ती हाइड्रोले आइपि‌‌ओ ल्याउने



काठमाडाै । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले आईपिओ निष्काशन गर्ने विशेष प्रस्ताव सहित साधारणसभा आह्वान गरेको छ ।

कम्पनीले जेठ ११ गते बिहान ९ बजे भर्चुअल माध्यमबाट सम्पन्न गर्ने गरि साधारयण सभा आह्वान गरेको हो ।

सभामा सर्वसाधारणको लागि आईपिओ निष्काशन गर्ने र आईपिओबाट संकलन हुने रकमको उपयोग गर्ने निर्णय गर्ने विशेष प्रस्ताव पेश हुने छ ।

त्यस्तै साधारण प्रस्ताव अन्तर्गत वार्षिक प्रतिवेदन पेश गर्ने, लेखापरीक्षण प्रतिवेदन सहित अन्य वित्तीय विवरण पेश गर्ने , बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

कम्पनीले रुकुममा ५ मेगावाटको रुकुम गाड हाइड्रोपावर आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलवार १५:३९