सेयर बजारमा झिनाे अंकले बढ्यो, कुल कारोबारमा सर्वाधिक हिस्सा एनसीसी बैंकको « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रवास

सेयर बजारमा झिनाे अंकले बढ्यो, कुल कारोबारमा सर्वाधिक हिस्सा एनसीसी बैंकको



काठमाडाै । मंगलबार सेयर बजारमा झिनाे अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ मा पुगेकाे छ । नेप्से ०.०७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३२ अंकले बढेर ४७५.४४ मा पुगेको छ ।

कूल २१३ वटा कम्पनीकाे एक कराेड ३० लाख १५ हजार एक सय ८३ कित्ता सेयर खरिदबिक्री हुँदा ६ अर्ब ५ करोड २२ लाख ३६ हजार ८ सय ११ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ६ वटा उपसमूहकाे सेयर बढेकाे छ भने बाँकी ७ वटा उपसमूहकाे सेयर घटेकाे छ ।

सोमवार रू. ७ अर्ब ५२ करोड ९२ लाख ९० हजार बराबरको १ करोड ५९ लाख ८ हजार ४९९ कित्ता शेयर कारोबार भएकोमा मंगलवार रू. ६ अर्ब ५ करोड २२ लाख ३६ हजार बराबरको १ करोड ३० लाख १५ हजार १८३ कित्ता शेयर कारोबार भएको छ ।

कुल कारोबारमा सर्वाधिक हिस्सा एनसीसी बैंकले ओगटेको छ । एनसीसी बैंकको मंगलवार रू. २३ करोड ९ लाख ६४ हजार बराबरको शेयर कारोबार भएको हो ।

मंगलवार लघुवित्त समूहको परिसूचक सर्वाधिक २ दशमलव ५६ प्रतिशत बढेको छ भने व्यापारिक समूहको २ दशमलव ४३ प्रतिशत, जलविद्युतको १ दशमलव २ प्रतिशत, उत्पादन तथा प्रशोधनको शून्य दशमलव १ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव १४ प्रतिशत र लगानी समूहको शून्य दशमलव २३ प्रतिशत परिसूचक बढेको छ । यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक १ दशमलव शून्य ६ प्रतिशत घटेको छ ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलवार १५:५१