उपत्यकामा निषेधाज्ञा वैशाख २९ गतेसम्म, यी क्षेत्रमा थप कडाइ



काठमाडाै । उपत्यकामा वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा वैशाख २९ गतेसम्मका लागि लम्बिने भएको छ ।

मंगलबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले थप एक हप्ताका लागि निषेधाज्ञा जारी राख्ने निर्णय गरेको काठमाण्डौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए ।

यस्तै बैठकले यसअघि साँझ ५ बजेदेखि ७ बजेसम्म खाद्यानन्न, किराना पसल र डिपार्टमेन्ट स्टोर खुला गर्न दिएकोमा अबको साता भने खोल्न नदिने निर्णय गरिएको छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो २५ प्रतिशत कार्यालय खुला गरी २० प्रतिशत कर्मचारीबाट सेवा प्रदान गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ ।

जिल्ला प्रशासन कार्यालयले लकडाउन अवधिमा अब देखि अनावश्यक रूपमा हिँडडुल गर्नेहरूलाई कारबाही गर्ने, र त्रकारहरूको हकमा सूचना विभागको कार्डको अनिवार्य गर्ने निर्णय समेत गरेको छ ।

मन्त्रिपरिपद् बैठकले यसअघि नै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुलाई दुई सातासम्म निषेधाज्ञा लगाउन सक्ने अधिकार दिएको थियो ।

यसअघि काठमाण्डौं उपत्यकाका तीनै जिल्लामा जारी निषेधाज्ञाको समय भोलि बुधबार राति १२ बजेसम्मका लागि तोकिएको थियो।

प्रतिक्रिया दिनुहोस
विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरणमा जोड दिन आग्रह

काठमाडाैं । कोरोना संक्रमणको विषम परिस्थितिसँग जुध्न डिजिटल रुपान्तरण अत्यावश्यक भन्ने सन्देशसहित विश्व

संसारका सफल १० लगानीकर्ताहरु !

स्टक मार्केट अथवा पूँजी बजार जसलाई अर्थतन्त्रको अभिन्न अंग मानिन्छ । जहाँ खरिदकर्ता

इटहरी उपमहानगरपालिका वडा नं ५ शील, बैङ्क तथा वित्तीय संस्था बन्द

इटहरी उपमहानगरपालिका वडा नं ५ शील गरिएको छ । कोरोना भाइरसको नयाँ भेरियन्ट

प्रभु बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्दै

काठमाडाै । प्रभु बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गर्ने

प्रकाशित मिति २०७७ बैशाख १ देखि