नेप्सेमा ३ लाख २२ हजार ८१४ कित्ता सेयर सूचीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

नेप्सेमा ३ लाख २२ हजार ८१४ कित्ता सेयर सूचीकृत



काठमाडौं । मंगलवार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेण्ट लिमिटेडको २ दशमलव ८५ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ ।

बैंकले उक्त बोनस शेयर वापतको ३ लाख २२ हजार ८१४ कित्ता सेयर सूचीकृत गराएको हो ।

बैंकले गत माघ २५ गते सम्पन्न ८औं वार्षिक साधारण सभा मार्फत यो बोनस सेयर पारित गरेको थियो ।

उक्त बोनस सेयरका लागि बैंकले शून्य दशमलव १५ प्रतिशत नगद लाभांश प्रस्ताव पनि सभाले पारित गरेको थियो ।

बुधवारदेखि कारोबार योग्य हुने यो शेयर सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र कारोबार गर्न सक्नेछन् ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलवार १६:२८