मंगलबार मालामाल भए यी कम्पनीका लगानीकर्ता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

मंगलबार मालामाल भए यी कम्पनीका लगानीकर्ता



काठमाडाैँ । सेयर बजारमा झिनाे अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १.९४ अंकले बढेर २६५४.६९ मा पुगेकाे छ । नेप्से ०.०७ प्रतिशतले बढेकाे हो । यस्तै सेन्सेटिभ परिसूचक ०.३२ अंकले बढेर ४७५.४४ मा पुगेको छ ।

मंगलबार सर्वाधिक नाफा कमाउने कम्पनीकाे पहिलाे नम्बरमा समता लघुवित्त वित्तीय संस्था लिमिटेड रहेकाे छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ५ रूपैयाँ पुगेकाे छ ।

त्यसैगरी, बढेकाे बजारमा क्रमश: महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, विशाल बजार कम्पनी लिमिटेड, सपाेर्ट लघुवित्त, राधी विद्युत, रूरू जलविद्युत, सिंगटी हाइड्राेपावर लिमिटेड, युनाइटेड माेदी हाइड्राेपावर लिमिटेड, पञ्चकन्या माइ हाइड्राेपावर र युनिभर्सल पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सर्वाधीक कमाएका छन् ।

प्रकाशित : २१ बैशाख २०७८, मंगलवार १७:०६