उपत्यकामा बैङ्कहरूले २५ प्रतिशत मात्र शाखा खोल्न पाउने,सहकारी सञ्चालनमा अन्याैल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

उपत्यकामा बैङ्कहरूले २५ प्रतिशत मात्र शाखा खोल्न पाउने,सहकारी सञ्चालनमा अन्याैल



 काठमाडाै । बुधवार देखी काठमाडौँ उपत्यकामा बैङ्कहरूले २५ प्रतिशत मात्र शाखा खोल्न पाउने भएका छन् । 


काठमाडाैँ  उपत्यकाका तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरूको संयुक्त बैठकले निषेधाज्ञालाई बढाएर वैशाख २९ गतेसम्म पुर्‍याउने निर्णय गर्दै बैङ्क तथा वित्तीय संस्थाको हकमा समेत कडाइ गर्ने भन्दै यस्तो निर्णय गरेको हो । 

जिल्ला प्रशासन कार्यालय काठमाडाैँ, भक्तपुर र ललितपुरको नयाँ आदेशमा काठमाडाैँ  उपत्यकाभित्र बैङ्क तथा वित्तीय संस्थाहरूले २५ प्रतिशत शाखा कार्यालय मात्र खोल्न पाउने भनिएको छ । 


यस्तै, बैङ्क तथा वित्तीय संस्थाका केन्द्रीय कार्यालयहरूले २० प्रतिशत जनशक्ति(कर्मचारी) प्रयोग गरी कार्य सञ्चालन गर्नुपर्नेछ । त्यसको विवरण दैनिक रूपमा राष्ट्र बैङ्क र जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने आदेशमा उल्लेख छ । 

यस्तै, बैङ्क तथा वित्तीय संस्थाका लागि सीमित सवारी पास मात्र उपलब्ध गराइने आदेशमा उल्लेख छ । एक प्रमुख जिल्ला अधिकारीका अनुसार बैङ्कको केन्द्रीय कार्यालयको हकमा एक चार पाङ्ग्रे र एक दुई पाङ्ग्रे सवारीको मात्र पास उपलब्ध गराइनेछ । यस्तै सहकारी संस्था सञ्चालनमा भने तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू भने केही बोलेका छैनन् ।

 सहकारीका बारेमा सरकारले केही नबोल्दा सहकारीकर्मीहरु अब संस्था चलाउन कठिन हुन थालेको  बताएका छन् । यस अघि सहकारी संस्थाका परिचयपत्रका आधारमा कर्मचारीहरू कार्यालय आऊ जाऊ गर्दै आएका थिए । तर नयाँ निर्णयमा सहकारी बारे मौन देखिए पछि अन्याैल बढेको हो । 

प्रकाशित : २१ बैशाख २०७८, मंगलवार २१:४३