भारतबाट ग्यास नल्याउने उद्योगीहरुको धम्की « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

भारतबाट ग्यास नल्याउने उद्योगीहरुको धम्की



gas-ringकाठमाडाै । ग्यास सिलिन्डरमा लापरवाही गर्ने एचपी ग्यासलाई कारवाही गरेको विरोधमा ग्यास उद्योगीहरुले भारतबाट ग्यास नल्याउने धम्की दिएका छन् ।३ जनाको ज्यान जाने गरी सिलिन्डर बिस्फोट भएपछि सरकारले एचपी ग्यास कम्पनीलाई पीडीओ रोकेर ग्यास दिएको छैन । त्यसको विरोधमा ग्यास उद्योगीहरुले भोलिदेखि भारतबाट ग्यास आपूर्ति रोक्ने चेतावनी दिएका छन् । ग्यासलाई सरकारले अत्यावश्यक सेवाअन्तर्गत राखेको छ । नियमअनुसार अत्यावश्यक सेवामा बन्द, हड्ताल गर्न पाइँदैन ।

तर, निजी ग्यास उद्योगी भने आफ्ना नाजाजय माग पुरा गराउन र सरकारी कारबाहीबाट बच्न ग्यास आपूर्ति रोक्ने धम्की दिँदै आएको छ । र, त्यसको नयाँ श्रृखला भएको  उपभोक्ता अधिकारकर्मीहरु भनाइ छ।नेपाल एलपी ग्यास उद्योग संघले नेपाल आयल निगमसँग नयाँ ग्यसका लागि पीडीओ नभर्न निर्देशन दिँदै उद्योगहरुलाई परिपत्र गरेको छ ।

प्रकाशित : ६ असार २०७३, सोमबार १६:००